logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

नेपाल पत्रकार महासंघको आयोजनमा फुटसल उदघाटन


  • जन आकाश
  • सोमबार, चैत्र २८ २०७८

काठमाडौ । नेपाल पत्रकार महासंघको आयोजनामा फुटसल प्रतियोगित २८ गते सोमावारवाट शुरु भएको छ । ललितपुरको च्यसलस्थित नेशनल स्पोर्टसमा भएको उदघाटन खेलमा सोमवार ८ खेल भएका छन् । १६ टिमले भाग लिएको आठ खेलमा ८ टिम आउट हुदै आठ टिमले दोस्रो चरणको खेल खेल्दै सेमि फाइनलमा प्रवेश गरेका छन् ।



नेपाल पत्रकार महासंघ काठमाडौ शाखा पहिलो चरणमा नै बाहिरियो

सञ्चार क्षेत्रका र सञ्चार संस्थाहरुलाई लक्षित गरी आयोजना गरिएको खेलमा नेपाल पत्रकार महासंघ काठमाडौ शाखा पहिलो चरणमा नै बाहिरिएको थियो । निक्कै प्रतिस्पर्धात्मक खेलमा शिलापत्र मिडिया हाउसका खेलाडीहरुले देशकका जिल्लाहरु मध्यकै सवैभन्दा धेरै पत्रकार सदस्य संख्या रहेको नेपाल पत्रकार महासंघ काठमाडौ शाखाले जित्ने सवैले आशा गरेका थिए । तर त्यो धेरै आशा गरिएको टिमवाट नतिजा आउन सकेन । शुरुवातीमा राम्रो नतिजा निकालेको काठमाडौ शाखाले हाफ टाइमपछि प्रतिपक्षिलाई रोक्न नसक्दा ६–४ गोलको अन्तरमा काठमाडौ शाखा पराजित हुन पुगेको थियो ।

सेमि फाइनल र फाइनल खेल मंगलवार फाइनल हुने छन् । मंगलवार नै प्रथम, द्धतिय, तितृय हुने टिमलाई नगद सहित पदक सहित सम्मान गर्ने कार्यक्रम रहेको अग्रनाइजर पवन आचार्यले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend