logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रेम र सविताले अभिनय गरेको ‘कसले सक्छ र खुशी दिन’ भन्ने शिर्षकको गीतको भिडियो सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, बैशाख ९ २०७९

मोहन कार्की ।
काठमाडौ । प्रेम शर्मा र सविता खड्काले अभिनय गरेको अनस्क्रिन रोमान्स रहेको गीत ‘कसले सक्छ र खुशी दिन‘’को भिडियो सार्वजनिक भएको छ । प्रेमकै निर्देशन र सम्पादन रहेको गीतको भिडियोमा सविता र प्रेमसँगै केशव आचार्य र बालकलाकारमा कञ्चन कट्टेल रहेका छन् । भिडियोमा आफूले अत्यधिक माया गर्ने मान्छे अर्कैको हुँदाको पिडा व्यक्त गरिएको छ ।



 

एनिस एनञ्जल राईको शब्द, संगीत र स्वर रहेको गीतमा बुद्ध स्याङवाको एरेञ्ज, रोवट लिम्बु ‘शुब्बा’को रेकर्डिङ, मिन विष्टको मिक्सिङ तथा माष्टरिङ र राजेशकुमार श्रेष्ठ (म्युजिक पार्क)को पाश्र्व संगीत छ ।

ह्वाइट साउण्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा ज्ञानकुमार कट्टेलको छायाँकन र बालकुमारको ड्रोन रहेको छ भने एक्सन शंकर महर्जनको छ । ज्ञानु झाको आर्ट वर्क रहेको भिडियोको पोष्ट प्रोडक्सनमा कोचे मल्टिमिडिया साथ छ ।

सविता खड्का गरिमा पारिवारिक टेलिसिरियलकी मुख्य कलाकार हुन् । उनी सो सिरियलकी लेखक, निर्देशक तथा निर्मातासमेत हुन् । मोरङ कानेपोखरी स्थायी घरभएकी सविता नेपाली कला क्षेत्रमा उदयमान कलाकारका रुपमा उदाइरहेकी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend