logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कबिताः आमा


  • जन आकाश
  • आइतबार, बैशाख १८ २०७९

कबिताः आमा



 

आमा जन्मायौ हुर्कायौ

हाम्लाई यत्रो लाठे बनायौ

आफ्ना रहर राखी थाती

हामीलाई सक्षम बनायौ

 

बाउ पनि सङ्लग्न थिए

तर पेटमा हाम्लाई तिम्ले बढायौ

प्रसब पिडा सहेर आमा

तिम्ले हाम्लाई जन्मायौ

 

आफ्न पेटमा पटुका कसी

तिमीले हाम्लाई खुवायौ

आफु खायौ खोले सीस्नु

तर हाम्लाई दुध चुसायौ

 

बा ले कमाउछन भन्थेउ तर

सधै लिटो तिम्ले खुवायौ

बा बलियो भन्या हैन त

तर सधै काखमा तिम्ले सुतायौ

 

सबै गए राती चुठेर थालामा

पिर्कामा पल्टाएर चुलो लोटायौ

काखी च्यापेर जातो चलाउदै

एक दुई तिन चार गन्न सिकायौ

 

पिठिउँमा बोकी मजेत्रोले

घास पात गर्दै क ख सिकायौ

ओक्ष्यानमा पल्टिएर राती

सुनकेसरी मैयाको कथा सुनायौ

 

यति हुँदा पनि आजसम्म

तिम्ले न त हक जतायौ

मुटु कलेजो खादा पनि

त्यही सन्तानको भलो चितायौ

 

आमा जन्मायौ हुर्कायौ

हाम्लाई यत्रो लाठे बनायौ

आफ्ना रहर राखी थाती

हामीलाई सक्षम बनायौ

 

डा.अमर कार्की

ठेचो, ललितपुर

हाल फ्लोरिडा, अमेरिका

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend