जन आकाश
काठमाडौ । यही बैशाख १७ गते शनिबार आमाको मुख हेर्ने दिनको पावन अवसरमा राष्ट्रिय सुसेली मञ्च नेपालले तेस्रो वार्षिकोत्सब सम्पन्न गरेकोछ । बरिस्ठ साहित्यकार, आख्यानकार तथा नेपाल प्रज्ञाप्रतिष्ठानकी प्राज्ञ सदस्य माया ठकुरीको प्रमुख आतिथ्य, सुसेली प्रवर्दक तथा सुसेली मञ्चका संस्थापक अध्यक्ष दुर्गा अधिकारी भमरकोटेको सभापतित्व र सुसेली मञ्चकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीको उद्घोषणमा कार्यक्रम संचालन गरिएको थियो ।
कार्यक्रममा उपस्थित विशिष्ट अतिथि साहित्यकार तथा गीतकार चन्द्रकला शाह, टोखा न पा वडा नम्बर ९ का वडा अध्यक्ष जे पि नेपाल, सुसेली मञ्चका केन्द्रीय पदाधिकारीहरू लगायत करिब १०० जना कवि साहित्यकारहरूको उपस्थिति रहेको यो कार्यक्रमलाई विश्व साहित्य संस्था सुसेली विभागका सम्रक्षक, सुसेली लेखक तथा गायक तोयानाथ सुवेदीले मन्तव्य र सुसेली गायनले स्वागत गर्नुभएको थियो ।
प्रमुख अतिथिले पानशमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिरहँदा कवि पुनम घिमिरेले स्वस्ति वाचन गर्नुभएको थियो । कार्यक्रमको शुभारम्भ राष्ट्रिय गानबाट भएको थियो । कार्यक्रमको पहिलो चरणमा निम्न बमोजिम १५ जना कवि साहित्यकारहरूका सुसेली पुस्तकहरूको घुम्टो खोली लोकार्पण गरिएको थियोे ।
१. डा. शैलेन्दुप्रकाश नेपालको “पद्मिनी“, सुसेली सँगालो,
२. डा. बमबहादुर थापा जितालीको “सुरिला नेपाली सुसेली“ ३. मुरलीप्रसाद ढकालको “श्रीकृष्ण जन्मलीला“ सुसेली सँगालो,
४. दामोदर ढकाल दिपकको “जन्मभूमि“ सुसेली सँगालो,
५. कमला देवकोटाको “सूक्ष्म चक्षु“ सुसेली सँगालो,
६. चन्द्रावती अधिकारीको “लमजुङे सुसेली“
७. पवनकुमार बुढाथोकीको “बेलाको बोली“ सुसेली सँगालो,
८. सीता बिष्ट कार्कीको “सुमार्ग चित्र“ सुसेली सँगालो
९. डा. समीर कार्कीको “सुन्दर बिहानी“ सुसेली सँगालो,
१०. उत्तम विचारको “ विचारको बयेली“ सुसेली सँगालो,
११. रामप्रसाद अधिकारीको “गोरखाली सौरभ“ सुसेली सँगालो,
१२. अम्बिका अधिकारीको “शुभ साइत“ सुसेली सँगालो,
१३. केशवप्रसाद ढकाल प्रीतबीजको “प्रेमिल सुसेली“
१४. सुचिता काफ्लेको “लेक बेसी“ सुसेली सँगालो
१५. समीक्षक वासुदेव गुरागाईको “साकारात्मक सोचको उपजका दुई कृति“ सुसेली समीक्षा ।
विमोचित पुस्तकहरूका लेखकहरूलाई सुसेली मञ्चको तर्फबाट दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा सुसेलीलाई माया गरेर हरेक वर्ष सुसेली सर्जकहरूलाई सम्मान र पुरस्कार प्रदान गर्न निम्नलिखित ६ जना कवि साहित्यकार ज्यूहरूले अक्षयकोषको घोषणा सहित रकम हस्तान्तरण गर्नुभएको थियो ।
१. तेजप्रकाश बानियाँ र दुर्गा अधिकारी भमरकोटे – “तीर्थस्थल भमरकोट“ सुसेली पुरस्कार ।
२. सुशीला ढकाल अधिकारी, राम÷सुशीला सुसेली पुरस्कार ।
३. चन्द्रा न्यौपाने – शेष÷चन्द्रा सुसेली पुरस्कार
४. केशव ढकाल – केशव÷विमला सुसेली पुरस्कार
५. सुचिता काफ्ले – ऋतु÷सुचिता सुसेली पुरस्कार
६. कमला देवकोटा – कृष्णचन्द÷कमला सुसेली पुरस्कार
यसको लगत्तै विशेष सुसेली गायनको श्रृङखला सुरु भएको थियो । विशेष सुसेली गायनमा निम्न सुसेली सर्जक तथा गायकहरूको सहभागिता रहेको थियो ।
१. वासुदेव ठकुरी
२. पुनम घिमिरे
३. सुरेशचन्द्र घिमिरे
४. जानुका थापा रायमाझी
५. शारदा आचार्य
६. लक्ष्मीप्रसाद मिश्र
सुसेली विशेष गायन सुरु भएदेखि नै उपस्थित कवि साहित्यकार ज्यूहरूले ताली बजाउँदै मादल र मुजुराको तालमा सुन्दर नृत्यहरू प्रस्तुत गर्दाको सुसेली रौनकको बयान गर्ने शव्द मैले पाएको छैन । विशेष गायनका अलावा कवि कविराज घिमिरे र कवि डिल्लीप्रसाद मूलतिहुनको सुसेली गायनले सबैलाई नचाएको थियो ।
यस्तै सुसेली मञ्चको संगठनात्मक क्रियाकलापमा अभिवृद्धि गर्दै सुसेलीलाई सातै प्रदेमा विस्तार गरि अधिराज्य भर फैलाउन केन्द्रीय समिति बिस्तार गरिएको छ । केन्द्रीय समितिमा चयन हुनु भएका थप सदस्यहरू निम्न बमोजिम हुनुहुन्छ ।
१. शान्तिनारायण श्रेष्ठ – उपाध्यक्ष तथा ४ नम्बर प्रदेश सल्लाहकार
२. उत्तम बिचार भेटुवाल – सचिव
३. पुनम घिमिरे – महिला विभाग प्रमुख
४. राजन न्यौपाने – प्रचारप्रसार विभाग प्रमुख
५. केशवप्रसाद ढकाल – गण्डकी प्रदेश संयोजक
सदस्यहरूः
जानुका थापा रायमाझी,सुरेशचन्द्र घिमिरे, सीता घिमिरे, कमला देवकोटा, द्वारिका कुँइकेल, कल्पना भट्टराई, अम्बिका अधिकारी, तोयानाथ सुवेदी, ऋतु न्यौपाने, रामप्रसाद अधिकारी, पवनकुमार बुढाथोकी, टंकबहादुर बजगाई, ओमप्रसाद कोइराला, सुधा बास्कोटा ढकाल, शारदा आचार्य, चन्द्रमणी अधिकारी, गीता अर्याल, दिनानाथ पोखरेल, गोविन्द लामिछाने, चन्द्रावती अधिकारी, कविराज घिमिरे, आर्त अकुलिन, रुद्र अधिकारी, तीला लेकाली, टेकबहादुर लौँडारी, सर्मिला तिमल्सिना, यसोदा गिरी र हाल सम्म सुसेली पुस्तक प्रकाशित गर्नुहुने सबै लेखकहरू पदेन सदस्य हुनुहुनेछ ।
कार्यक्रमको बिच बिचमा वक्ताहरूलाई सुसेलीका विषयमा बोल्न दिइएको थियो । पहिलो वक्ता सुसेली मञ्चकी सल्लाहकार चन्द्रा न्यौपानेले सुसेली अब देशव्यापी मात्र नभएर विश्वव्यापी हुँदै गएकोमा खुसी व्यक्त गर्दै आमा सम्बन्धि सुसेलीहरू लयमा गाएर सुनाउनु भएको थियो ।
अर्का वक्ता सुसेली मञ्चका सल्लाहकार तथा वेद विज्ञ तिलकप्रसाद लुइँटेलले सुसेलीले हाम्रो लोक साहित्यको मौलिकता र ऐतिहासिकता जोगाउन ठूलो योगदान गरिरहेको चर्चा गर्दै, आज आमाको मुख हेर्ने दिनमा, आमाको मुख हेर्ने भन्दा पनि आमालाई मुख देखाउन योग्य बन्नुपर्ने कुरा सबैले बुझ्नु जरुरी भएको बताउँनु भयो ।
यसैगरी अर्का वक्ता तथा कार्यक्रमकी विशिष्ट अतिथि गीतकार चन्द्रकला शाहले पहिले ५, ७, ५ मा हाइकु भनेर लेखियो तर के के लेखियो कुरा बुझिएको थिएन । केही ५, ७, ५ का रचनाहरू नेपाली लोकलयमा गाइयो पनि । अहिले ५, ७, ५ को रचनाले नेपाली मौलिक नाम “सुसेली“ लिएर धेरै अगाडि बढिरहेको देख्दा अत्यन्त खुसी लागेको छ र यसका अभियन्ताहरूमा हार्दिक धन्यवाद दिँदै आफ्ना रेकर्ड भैसकेका पुराना ५, ७, ५ का पहिलेका हाइकु अहिलेका सुसेली भन्दै सुरिलो स्वरमा गाएर सुनाउनु भएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि प्राज्ञ माया ठकुरीले सुसेलीले पहिलेपहिले गाउँ बेसी, मेलापात, सोतर गोबर गर्दाका समयमा गुनगुनाउँने गरेका लोकलयको सम्झना गरायो भन्दै काग कराउँदा आमा र माइतीको खबर आयो भन्ने हाम्रो बिश्वास अझैसम्म कायमै रहेको सम्झिनुका साथै नारी पुरुष एक अर्काका पुरक भएको हुँदा बिरोध गर्न नहुने र नपर्ने कुरा बताउँदै आपसमा मिलेर अगाडि बढ्नुको विकल्प छैन भन्दै पुराना लोकलयका त्रिपदी गाएर सुनाउनु भएको थियो ।
कार्यक्रमको अन्तमा सुसेलीको तेस्रो वार्षिकोत्सब सफल पार्न प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग गर्ने सबैलाई मायाको चिनो प्रदान गर्दै धन्यवाद सहित सभापति दुर्गा अधिकारी भमरकोटेले कार्यक्रमको समापन गर्नुभएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend