जन आकाश
मोहन कार्की ।
२०७९ सालको स्थानीय निर्वाचन मुखमै आइपुगेको छ । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा केन्द्रका नेताहरु धरै भएको र निक्कै चर्चामा रहेको गाउँपालिका हो । उक्त गाउँपालिकामा कस्तो छ उम्मेद्धारहरुको अवस्था र कुनकुन पार्टीको उपस्थिति रहेको छ । भन्ने बिषयमा हामीले जानकारी प्रप्त भएसम्मका रिपोटहरु तयार गरेका छौ ।
पालिको अध्यक्षमा नेपाली काँग्रेसवाट काजीबहादुर खड्का (दिनेश) लाई अध्यक्ष र उषा कार्कीलाई उपाध्यक्षमा उठाएको छ भने नेकपा(एमाले)वाट पुरानै अनुहार खडक बहादुर सुनुवार र राधिका श्रेष्ठलाई दोहो¥याएको छ । नेपाली काँग्रेसवाट ६ नं वडा अध्यक्ष चन्द्र बहादुर सुनुवार वाहेक कुनैपनि व्यात्तिलाई दोहो¥याएको छैन । माओवादी र समाजवादी दुईवटा पार्टी मिलेर तालमेलमा गाउँपालिका अध्यक्षमा इन्द्र प्रसाद पुयाँल र उपाध्यक्षमा बिष्णु बहादुर कार्की उपाध्यक्षमा उठाएका छन् । भने राप्रपाले तुलसीलाल नेवारलाई पालिको अध्यक्षमा उठाएको छ ।
गोकुलगंगा गाउपाकिा वाडन १ चुचुरेमा २५७१ मतदाता रहेका छन् । उक्त वडावाट कोको छन् प्रतिस्पर्धामा ।
एमालेवाट
वडा अध्यक्षमा मीनबहादुर कार्की
महिला सदस्य हेम कुमारी तामाङ
दलितमहिला सदस्यमा शान्तमाया विक
खृुल्ला सदस्यमा कुलबहादर खड्का
पाशाङ तामाङ रहेका छन् । उम्मेद्धार बनेका छन् ।
नेपाली काँग्रेसवाट
वडाअध्यक्षमा छत्र बहादुर बस्नेत
महिला सदस्यमा दिर्घमाया खत्री
दलित महिला सदस्यमा विमला खाती
खुल्ला सदस्यमा तोप बहादुर खत्री
खुल्ला सदस्यमा ःदुर्गा बहादुर थापा
राप्रपावाट
१ न. वडा अध्यक्षमा सोनाम शेर्पा रहेका छन् ।
माओवादीवाट
वडा अध्यक्षमा सम्बरध्वज तामाङ उम्मेद्धार बनेका छन् ।
गोकुलगंगा वाडन २ ठोसेमा २३९० मतादाता रहेका छन् । उक्त वडाको नेतृत्वामा सुन्दर कार्कीको चर्चा बढी छ ।
नेपाली काँग्रेसवाट
वडा अध्यक्षमा सुन्दर कार्की रुख चिन्हका उम्मेद्धार उनको टिममा को को छन् त ?
महिला सदस्यमा आङडोमा शेर्पाः गैरीगाउँवाट
दलित महिला सदस्यमा संगीता वि.क चउरपालतवाट
खुल्ला सदस्यहरुमा सुरेन्द्र श्रेष्ठ, अमृत बहादुर कार्की
एमालेवाट
वडा अध्यक्षमा गजेन्द्र श्रेष्ठ
महिला सदस्यमा निर्मला बस्नेत
दलित महिला सदस्यमा शान्तिमाया वि.क.
खुल्ला सदस्यहरुमा वेद बहादुर कार्की, पेम्वा शेर्पा रहेका छन् । पेम्बा शेर्पा काम्वासका युवा नेता हुन् । एमालेमा अन्यमा भोट नहालेपनि वडा सदस्यमा पेम्वालाई काम्वस, डाडागाउ लगायतका जनताले भोट हाल्ने सम्भावना छ ।
एकीकृत सजावादीवाट
वडा अध्यक्षमालाक्पा शेर्पा
नेकपा (माले)वाट
वडा सदस्यमा खुल्लामा तारासिं तामाङ
नेकपा(माले)का उम्मेद्धारको चुनावचिन्ह हशिया तारा रहेको छ ।नेकपा –(माले)का उम्मेद्धार तारासिं तामाङ मालेका एक मात्र उम्मेद्धार हुन उनलाई अन्य पार्टीहरुवाट वाक्क दिक्क भएका जनताले टेष्ट गर्नको लागि ठोसेमा वडा सदस्यमा जिताउन सक्ने सम्भावना छ । उनि तामाङ समुदायको भएको र मोहन कार्कीको साविकको वडासमेत भएको हुनाले डाडा गाउँका जनताको भोट आउदा उनले सजिलै जित्न सक्ने आकलन गर्न थालिएको छ ।
राप्रपावाट
वडा अध्यक्ष प्रलादकार्की
गोकुलगंगागाउँपालिका वाडन. ३ रसनालुवाट कोको उठे उम्मेद्धार
वाडन. ३ रसनालुमा नेपाली काँग्रसवाट
चक्रबा. तामाङः वडाअध्यक्षका उम्मेद्धारको नेतृत्वमा निम्न ब्याक्तिहरु उम्मेद्धार छन् ।
महिला सदस्यःमनमाया सुनुवार
दलितमहिला सदस्यःमीना नेपाली
खुल्ला सदस्यःकुमार शेर्पा
खुल्ला सदस्यः महेश कार्की रहेका छन् ।
वडान. ३ रसनालु एमालेवाट
नरविक्रम कार्कीः वडाअध्यक्षको नेतृत्व गरिरहेका कार्की निवर्तमान अध्यक्ष समेत हुन । उनले पार्टीले पुनः दोहो¥याएको छ ।
सुनिता सुनुवारः महिला सदस्य
रेनुकाखातीःदलितमहिला सदस्य
रामबा. लामाःखुल्ला सदस्य
गेल्जे शेर्पाः खुल्ला सदस्य
माओवादीवाट
वडा अध्यक्षमा याम बहादुर कार्की
यो निवर्तमान गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्क सुनुवारको वडा पनि हो । उक्त वडालाई सवैले चसोको रुपमा हेरेका छन् । विगतमा यसै वडावाट खड्क बहादुर सुनुवारले राम्रो मत ल्याएका कारण उनका प्रतिद्धान्द्धी नेपाली काँग्रेसका नानीबाबु बस्नेतलाई ३९४ मत अन्तरले जितेका थिए । यो पटक माओवादीका उपाध्यक्ष बिष्णु बहादुर कार्की, नेपाली काँग्रेसका चक्रबहादुर तामाङ लगायत माओवादीका वडा अध्यक्षहरुले त्यस वडामा खेल्ने भुमिकाले खडक बहादुर सुनुवारलाई हराउने की जिताउने रोल खेल्न सक्न्छन् ।
वडन. ४ नेपाली काँग्रेसवाट
रामचन्द्र बस्नेत वडाअध्यक्ष
ज्ञान कुमारी थापामगर महिला सदस्य
जानुका मगरातीःदलितमहिला सदस्य
वीर बहादु कार्कीः खुल्ला सदस्य
नवराज खड्काःखुल्ला सदस्य
२०७४ मा नेपाली काँग्रेसले जितेको वडा हो । यस वडाको नतिजाले नेपाली काँग्रेसको जित हारको फैशला गरिदिन सक्छ । खडक सुनुवारले रसनालुवाट बढाएको मतलाई काँग्रेसको पकड रहेको वेतालीवाट मत काँग्रेसले बढाएको खण्डमा खडक बहादुर सुनुवारलाई भारी पर्न सक्छ । नमाडी र फर्पु नेपाली काँग्रेसले यसपटक जित्ने आकलन गर्दा वेताली निर्णायक हुन सक्ने देखिन्छ ।
एमालेवाट
रुकुम खड्का वडाअध्यक्ष
चन्द्रमाया थापामगर महिला सदस्य
आइसमा सार्कीः दलित महिला सदस्य
दिलिप भण्डारीः खुल्ला सदस्य
भक्त बा. बस्नेतः खुल्ला सदस्य
माओवादीवाट
वडाअध्यक्षमा देवराज कार्की
देवराज कार्की माओवादीवाट वडाअध्यक्षमा उठ्दा नेकपा माओवादी केन्द्र र समाजवादीको भोट पालिकामा कसलाई जान्छ त्यसमा निर्भर गर्छ ।
गोकुलगंगावडन.५ नमाडीवाट उम्मेद्धारको नामवली
नेपालीकाँग्रेसवाट
वडाअध्यक्षः कुलराज सुनुवार
महिला सदस्यः गुरुमाया तामाङनी
दलित महिला सदस्यः विमला मगराती
खुल्ला सदस्यः कटक खड्का
खुल्ला सदस्यःविदुर खड्का रहेका छन् ।
माओवादीवाट
वडाअध्यक्षः भुपाल बुढाथोकी
नेकपा एमालेवाट
वडाअध्यक्षः दीपक कार्की
महिला सदस्यः हेम कुमारी खड्का
दलित महिला सदस्यःविनिता नेपाली
खुल्ला सदस्यःचामबहादुर गुरुङ
खुल्ला सदस्यःविकास तामाङ रहेका छन् । यस वडावाट नै गाउपालिका अध्यक्षका उम्मेद्धार काजी बहादुर खड्का उम्मेद्धार रहेको हुनाले यसपटकको वडामा काँग्रेसले जित्ने आकलन छ । तर पालिकाको अध्यक्ष जित्न नमाडीमा काँग्रेस पार्टीको मत अन्य प्रतिसपर्धी भन्दा झण्डै ७० प्रतिशत भन्दा माथि खस्नु पर्छ । किनकी अन्य वडामा बाडियर आएको मतलाई रसनालुमा एमालेले लिड गर्न सक्छ । त्यो लिडलाई नमाडीले मेकअप गरेको खण्डमा काजी बहादुरले खड्क बहादुरलाई हराउन सक्छन् । त्यसो हुन सकेन भने पुरानै अनुहार पुनः दोहोरिन सक्छन् ।
वडान. ६ फर्पुवाट
वडाअध्यक्षः चन्द्र बहादुर सुनुवार
महिला सदस्यः मैना खड्का
दलितमहिला सदस्यः मिठु वि.क.
खुल्ला सदस्यःमोहनतामाङ
खुल्ला सदस्यःओम कुमार खड्का
एमालेवाट
वडाअध्यक्षवडाअध्यक्षःबद्री खत्री
महिला सदस्यःमनकुमारी तामाङ
दलितमहिला सदस्यःलालमायावि.क.
खुल्ला सदस्यःतिर्थ ब. तामाङ
खुल्ला सदस्यःझम्क खड्का
माओवादीवाट
इन्द्र बहादुर तामाङ
गोकुलगंगागा उँपालिकामा जनता समाजवादी पार्टी, राप्रपा, माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी) नेकपा (माले) पार्टी वास्वतन्त्र जति पनि उम्मेद्धार र पार्टीहरु भएपनि प्रतिस्पर्धा नेपाली काँग्रेस र एमाले कै हुने देखिन्छ । त्यो भन्ने आधार काँग्रेस र एमाले वाहेकका पार्टीहरुले तालमेल गर्दासमेत पुरै सेट पालिकामा उठाउन सकेनन् । त्यसकारण प्रतिस्पर्धा काँग्रेस र एमालेको नै हुने देखिन्छ ।
दोहोरिएका उम्मेद्धारहरुलाई त्यति नरुचाउने पालिका वरपर हल्ला
तुलानात्मक रुपमा गोकुलगंगा गाउँपालिकामा २०७४ वाट चुनिएका नेतृत्वहरु जति हुनुपर्ने त्यति नभएपनि केही सकरात्मक कामहरु गरेका थिए । तर पुनः दोहोरिदा केन्द्रमा नेकपा(एमाले)का अध्यक्ष केपी ओलीलाई पुर्व प्रधानमन्त्री भइसकेका माधव कुमार नेपाल, झलनाथ खनालले लगाएको आरोप जस्तै गोकुलगंगा गाउँपालिकामा तानाशाह प्रबृति बढ्ने र नयाँ पुस्ताहरुले कहिल्यै अवसर नपाउने जस्ता बहसहरु हुन थालेका छन् । यो हुइमले साच्चै जनताको मन मष्तिकमा सोच्न बाध्य पारेको खण्डमा खडक बहादुरलाई सजिलो नहुन सक्छ ।
यसको असर तलतलसम्म गएमा नेकपा एमालेले ३ वटा वडा र पालिका अध्यक्ष र अपाध्यक्ष जितेको गोकुलगंगामा २०७९ सालको स्थानीय निर्वाचनमा त्यस्तै नतिजा उल्टन सक्छ । वाडन. १ मा एमालेले जितेपनि वाडन २ ठोसेमा काँग्रेस बलियो स्थितिमा छ । ३ मा नेकपा(एमाले)ले जित्न सक्छ । ४ मा काँग्रेसले पुनःजित्न सक्छ । ५ मा काँग्रेसले जित्ने सम्भावना छ । किनकी त्यही वडावाट पालिका अध्यक्ष काजी वहादुर खड्का (दिनेश) उम्मेद्धार छन् । ६ न. वडा नेपाली काग्रेसले नै जित्ने सम्भावना बढी छ । जाहा विगतका चन्द्र बहादुर सुनुवार युवा नेताको रुपमा सक्रिय छन् ।
एमालेको वडा अध्यक्षहरुमा एउटा रसनालुको वाहेक अन्य वडा अध्यक्षहरुमा बाहिवाट बलिया देखिपनि तोकेर भन्न सक्ने अवस्था देखिदैन ।
एमालेलाई समाजवादीले काट्ने मतमा सकस हुने
एमालेलाई बाहिरवाट जति राम्रो देखेपनि भित्री रुपमा एमालेवाट फुटेर वनेको नेकपा(एकीकृत समाजवादी) पार्टीले काट्ने मत निक्कै भारी पर्न सक्छ ।गोकुलगंगामा झण्डै ४ सयको हाराहारीमा समाजवादीको मत देखिन्छ । भने जनता समाजवादीवाट उठेका उम्मेद्धारहरुले पनि एमाले पार्टीकै मत काट्ने हुदा लगभग विगतको तुलनामा एमालेले ८०० देखि १००० मत बढाएमा मात्र पालिका जित्ने सम्भावना हुन्छ ।
बृद्धाहरुको मत खडकलाई युवाहरुको मत दिनेशलाई
बृद्धाहरुको मत निवर्तमान अध्यक्ष हालका एमालेवाट पालिका अध्यक्षका उम्मेद्धार खडक सुनुवारलाई जाने देखिन्छ । भने युवाहरुको मत नेपाली काँग्रेसवाट उम्मेद्धार बनेका काजी बहादुर खड्कालाई आउने देखिन्छ । किनकी काजी बहादुर खड्का युवा नेता हुन् । उनले रामेछाप तरुण दलको समेत जिल्ला अध्यक्ष चलाईसकेका नेता र युवाहरुको क्षेत्रमा काम गरेको हुदा युवा पङिती उनको पक्षमा देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend