जन आकाश
गजल
उदयाउ तरबार झिक खुडा ठोक्नुपर्छ ,
बन्दुक बोक, लाठी भाला, खुकुरी नि बोक्नुपर्छ ।
माटो बेचे, धर्म बेचे भित्रभित्रै के के बेचे,
उठ बिउँझ अघि बढ देशै बेच्न रोक्नुपर्छ
उदयाउ तरबार झिक खुडा ठोक्नुपर्छ।।
रम्नछोड, भुल्नछोड हलिउडमा बलिउडमा,
अब तिमीले देशभक्ती रट्नुपर्छ घोक्नुपर्छ
उदयाउ तरबार झिक खुडा ठोक्नुपर्छ ।।
कित्ताकाट हुनुपर्छ को वारिको को पारिको,
देशद्रोही देशप्रेमी विवेक लगाई जोख्नुपर्छ
उदयाउ तरबार झिक खुडा ठोक्नुपर्छ ।।
नेपाल आमा रोई रहिछन अस्मितामा धावा बोल्दा
जुट युवा देशले माग्दा तातो रगत पोख्नुपर्छ
उदयाउ तरबार झिक खुडा ठोक्नुपर्छ ।।
पुर्ण थापा (काजी)
भानु नपा(४, तनहुँ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend