logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

टिमोर लिष्टेसँग नेपाल बराबर


  • जन आकाश
  • आइतबार, जेष्ठ १५ २०७९

 



 

काठमाडौ । एएफसी एसियन कप २०२३ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली शनिबार राति पहिलो मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको यु–२३ टोलीसँग २(२ को बराबरीमा रोकिएको छ । नेपाली टोली कुवेतमा हुने छनोट प्रतियोगिताअघि अभ्यासका लागि कतार पुगेको थियो । कतारको दोहास्थित ग्रान्ड हमाद रंगशालामा २(० ले पछि परेको स्थितीमा पुनरागमन गर्दै नेपाल हारको संकटबाट जोगिएको हो ।

पहिलो हाफको अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपाल २(० ले पछि परेको थियो । ४४औं मिनेटमा अग्रता लिएको टिमोर लिस्टेले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा अग्रता दोब्बर पार्यो ।

५१ र ८४ औं मिनेटमा गोल गर्दै नेपाल खेलमा फर्किएको थियो ।

कुवेतमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई बाहिर राख्दै टोली घोषणा गरेका थिए । उनले स्ट्राइकर नवयुग श्रेष्ठलाई कप्तानीको जिम्मेवारी दिएका थिए ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहँदा सेवा सुबिधाको माग राख्दा प्रशिक्षक अल्मुताइरीले अपमानजनक व्यहार गरेको भन्दै अञ्जन विष्ट, विमलघर्ती मगर, सुजल श्रेष्ठलगायत १० खेलाडीले बन्द प्रशिक्षण छोडेका थिए ।

नेपालले बुधबार दोस्रो मैत्रीपूर्ण खेलमा ओमानको सामना गर्नेछ । नेपाल कतारबाटै कुवेत प्रस्थान गर्नेछ ।

समूह ‘ए’ मा रहेको नेपालले ८ जुनमा जोर्डन, जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ ।

प्रत्येक समूहको विजेताका साथै उपविजेता मध्येको उत्कृष्ट पाँच टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि छनोट हुनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend