जन आकाश
संसारमा सूर्य नअस्ताउने मुलुकको नाममा चिनिएको बेलायतको उपनिबेश विश्व मानचित्रमा दोश्रो महायुद्व अघि जहिँतहिँ देखिन्थ्यो । आज तेहि मुलुकको उपनिबेश कहाँ कहाँ थियो होला भनी थाहा पाउने बेला भई सकेको छ । अबस्था सँधै सबैको एकनास हुँदो रहेनछ । समयले बिद्रोह जन्माउँछ जब अन्याय ,अत्याचार, शोषण , दमन र लाभको कुबितरण हुन थाल्दछ । यही दशा बेलायतले पनि नमिठो भोग्नु पर्याे । एक समय The Great Britain भनी हुँकार गुन्जाउने मुलुक आज UK मा सिमित हुन पुगेको छ ।
कसैले अरूलाई कमजोर नबनाई आफु बलवान् बन्न सक्दैन । यो सत्यता व्यक्ति, समाज ,राष्ट्र र संसारमा नै घटिट भई रहेकोछ । समानता ,बराबरि ,निस्वार्थ र बहु जन हिताय भन्ने शब्द किताब र शब्दकोषमा पाइने अक्षरहरू मात्र हुन , अपवादमा बाहेक । व्यबहारमा जहाँ पनि जसको पनि उदेश्य, कार्य र सेवामा स्वार्थ लुकेको हुन्छ । स्वभाव र व्यबहारमा बाहिर जे देख्छौँ भित्र हुँदैन र बाहिर जे देख्दैन भित्र अर्कै नै हुन्छ । निर्मल र कन्चनपना मुश्किलले कसैमा मात्र हुने हो ।
यस्तै कर्तुत बोकेर The East India Co. नामको बेलायतको व्यापारिक संस्थाले भारतिय उपमहाद्विपका वर्तमान क्ष्लमष्ब भित्र ५६६ देशहरुलाई उपनिवेश त बनायो नै दास बनाउन पनि छोडेन । आज पनि यसक्षेत्रका मान्छेहरु दासबाट मुक्त भइसकेको ठान्दछ । र आफुलाई India भनाउन गर्व गर्न मात्रै गर्दैनन् मन पराउँछन् पनि । सायद, आफ्नो चिनारीमा गर्व गर्न स्थान नदेखेर नै मालिकले नामाकरण गरेको India नाम गरेको मुलुकको नामबाट नै राष्ट्रियता झल्काउन खोजेको हुनु पर्दछ । साथसाथै बेलायत र बेलायतीहरुको रगत आज पनि उनिहरुमा दौडिरहेको छ भन्ने देखाउन चाहेको होला । नहनु पनि किन India भनाउनु बाहेक अर्काे खास पहिचान त उनिहरुमा छैन नि ।
कहिले उनिहरु आफुलाई भारतीय त कहिले हिन्दूस्तानी भन्न पनि बाँकी राख्तैनन् । बास्तवमा भन्ने हो भने यी दुबै मध्ये कुनै एक नामबाट आफ्नो सान राख्ने अधिकार छैन । The East India Company ले शासित याने British India ले सत्ता चलाउनु पहिलेका राज्यहरुमा न भारत भन्ने राज्य थियो न हिन्दुस्तान भन्ने राज्य थियो । यसरी काल्पनिक नामहरु राष्ट्रको राख्न चाहे पनि India बाहेक अन्य नाम राख्न नसक्नु नै ऐतिहासिक तथ्य नहुनु हो ।
भारतिय महाद्वीपमा वर्तमान India भित्र रहेका जति देशहरु थिए ती बाहेक अरु देशहरु पनि थिए । यसैले वर्तमान India ले आफ्नो देशको नाम न भारत राख्न हैशियत राख्त सक्छ न हिन्दूस्तान । यसकारण पनि आफुलाई भारतीय भन्ने र भनाउने सान्दर्भिक पनि देखिन्न । हालको India का विभिन्न राज्यहरुमा समेत मध्यपुर्वका मुस्लिम राज्यहरुले कैयौँ वर्ष राज्य गरे भने ,British , France र Portugal ले लगभग ३०० वर्ष शासन गर्न भ्याए त्यो पनि दास बनाएर र दोश्रो दर्जाको प्रजा बनाएर । यसको बावजुद पनि यहाँका शासक र जनताहरुले आफुलाई हिन्दुस्तानी वा भारतिय भन्दा पनि Indian भन्न र भनाउन खोज्छन् । के यो हास्यासपद कुरा होइन र ! खाँटी हिन्दुस्तानी त नेपाली हुन् र हिन्दु राज्य पनि नेपाल नै थियो र रहनेछ । नेपाल एकीकरण भइ रहेको अबस्थामा पनि यहाँका शासकहरुले असली हिन्दुस्तान नेपाल हो र हिन्दु धर्मको संरक्षण नेपालले नै गरेको छ भन्ने कुरा प्रस्ट्याई रहेको पाउँछौ । हुन पनि किन नहोस ऋषि मुनिहरु यहिँ नै जन्म भएका छन् । तपोभूमि पनि नेपाल रहेको छ । देवभूमि पनि नेपाल थियो ।
द्यचष्तष्कज क्ष्लमष्ब British India ( The East India Co. ) ले आफुले दास बनाएको जनताको आन्दोलन र Second World War ले गर्दा थचारिएको आर्थिक स्थितिको कारणले उपनिवेश परित्याग गर्नु पर्ने दिन आउन थाल्यो । ती उपनिवेश राज्यहरु मध्ये एक राज्य वर्तमान India जसलाई नामाकरण गरिएको छ स्वतन्त्रताका लागि आन्दोलनको नेतृत्व गर्नेको हातमा यो मुलुक बेलायत शासकबाट प्राप्त भयो । India भित्र पनि विभिन्न अन्य राज्यहरु थिए । ती राज्यहरु पनि स्वतन्त्र हुनु पर्थ्यो जो स्वतन्त्र हुन चाहान्थे । ती राज्यका भूभाग र अन्य मुलुकको भूभाग संधि अनुसार फिर्ता दिनु पर्थ्यो । ती भूभाग पनि आजसम्म बेलायती साम्राज्यवादी , विस्तारवादी एवं अर्ध उपनेशवादी कालो चरित्रको विरासत बोकेका Indian नेताहरु र सरकारमा रहनेहरुले संबन्धित मुलुकलाई स्वतन्त्र रहन दिने र छिमेकी देशका भूभागहरु सधि अनुसार नै फिर्ता दिनु पर्ने थियो ।
गुलाम देशका गुलाम नागरिक भई मालिकद्वारा असह्य पीडा भोगि सकेका छन् , Indian नागरिकहरुले । आज उ आफु मालिक बनि स्वतन्त्र राख्नु पर्ने राज्यहरुलाई आफ्नै अधिनमा राख्ने र यिनलाई आन्तरिक उपनिवेश राज्य बनाएको छ । बल प्रयोग गरेर सिक्किम , काश्मिर ,गोवा र जुनागढ हत्याएको छ । यो मुलुकले एउटा प्रजातान्त्रिक मुलुक हुँ भनी गर्व गर्न पट्टक सुहाउँदैन । पूर्वि राज्यहरु जस्तो – नागालैण्ड , त्रिपुरा , मेघालय , आसाम आदि राज्हरु अझ भन्ने हो भने खालिस्तानलाई पनि स्वतन्त्र रहन दिएको छैन । यस्तै नै नेपालको सुगौली संधि पूर्वका भूभागहरु र सुगौली संधिमा साँध छुटि सकेको काली नदि र यसका पूर्वका लिम्पुयाधुरा सहितका भूभागहरु India का शासकहरु जसमा आजसम्म पनि जवर्जस्ति मिचाहापन देखाएर आफ्नो अधिनमा राख्दै आएको छ ।
India मा आज पनि British India कालिन खराब मानसिकता जीवित रहेको पाइन्छ । यिनिहरुले खराब नीति भरिएको आफ्नो सोँचलाई पखाल्न चाहेको छैन । यसतै खराब सोँचले India हरुको दिमागमा वास गरि रहने हो भने ढिलो वा चाँडो India टुक्रिने छ । भारतिय उपमहाद्विपमा न India भनेको देश थियो , न हिन्दूस्तान भन्ने देश थियो , न भारत भन्ने नै । केही दशक भित्र यो मुलुकको अस्तित्व विश्व मानचित्रबाट नामेट हुनेछ । हिन्दूहरुको बाहुल्य भएको India नव देश मात्
नेपालका देशभक्त,राष्ट्रवादीको परिचय बनाउनुभएका नरेशलाल अमात्य ७० बर्षको उमेरमा पनि विश्व जगत र इतिहासको तथ्यगत अध्ययन गरेर विश्लेषणसम्म गर्न सक्ने खुवी राख्नुहुन्छ । उहाको सन्देशवाट नेपालका नयाँपुस्ताले देश के हो र देशको लागि के गर्नुपर्छ भन्ने बिषयमा अध्ययन गुर्नुपर्ने देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend