logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एन्फा अध्यक्षमा नेम्वाङ र कर्मा छिरिङ प्रतिस्पर्धामा


  • जन आकाश
  • बिहिबार, जेष्ठ १९ २०७९

काठमाडौ । नेपाल अखिल फुटबल संघको आउदो असार ६ गते हुन गइरहेको अधिवेशनमा पंकज बिक्रम नेम्वाङ र  कर्मा छिरिङ शेर्पाको अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुने भएको छ ।



उनिहरु दुवैले अध्यक्षको लागि आ–आफ्नो प्यानल बनायर चुनावमा गईसकेका छन् । कर्म छिरिङ निवर्तमान अध्यक्ष हुन् भने पंकज नेम्वाङ निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन् । दुुवै लोकतान्त्रिक प्यानलवाट रहेका छन् । यसमा लोकतान्त्रिक प्यानलवाट भएपनि कर्मछिरिङले गएको पाँच बर्षे कार्यकालमा कुनै उल्लेखनिय काम गर्न नसकेको हुनाले लोकतान्त्रिक पक्षवाट नै पंकज बिक्रम नेम्वाङलाई अधि सारेको बुझ्न थालिएको छ ।

कर्माछिरिङ पनि त्यति कमजोर होइनन् । उनि समर्थित रहेको लोकतान्त्रिक संस्थापन पक्षले साथ छोडेपनि अन्य समुहरुले साथ दिने कुरा उनले बताउदै आएका छन् ।

तुलनात्मक रुपमा दुवैको क्षमता उत्तिक्कै भएपनि समय परिवर्तनशील छ । त्यसकारण दो¥याउने कर्माछिरिङ भन्दा पंकज बिक्रम नेम्वाङको पक्षमा जनमत देखिदै गएको देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend