जन आकाश
काठमाडौ । राष्ट्रिय सुसेली मञ्चका अध्यक्ष दुर्गा भमरकोटेज्युको सभापतित्व, मञ्चकि उपाध्यक्ष सुशीला ढकाल अधिकारी र महासचिव दामोदर ढकाल दिपकको संचालनमा २६ औ भर्चुअल कार्यक्रम यहि मिति २०७९ जेठ १७ गते सम्पन्न भएको छ ।
कार्यक्रमको पहिलो सत्रमा, गत महिना २५औँ अङ्कको रुपमा आयोजित तेस्रो वार्षिक उत्स्वको समिक्षा गरेर सकियो जस्मा बोल्नुहुने प्रायः सबैले कार्यक्रम सभ्य भव्य रुपमा सम्पन्न भएको र आगामी वर्षको कार्यक्रम गर्नु कम्तिमा १ हप्ता अगावै मीटिङ बस्नुपर्ने आवश्यकता औँल्याए ।
दोस्रो सत्रको रुपमा सुरु भएको वाचनको क्रममा क्रमशः पवन बुढाथोकी, कृष्ण के सी, विमला ढकाल, यशोदा गिरी, लक्ष्मी प्रसाद मिश्र, जानुका थापा रायमाझी, उत्तम विचार, पूनम घिमिरे, सुरेशचन्द्र घिमिरे, चन्द्रावती अधिकारी, शारदा आचार्य, ललिता कार्की, उर्मिला पन्त, वासुदेव ठकुरी, हरि शर्मा पंगेनी, चन्द्रा न्यौपाने, गंगा लिगल, द्वारिका कुइँकेल, मोहन कार्की, शुशिला पौडेल, एवम् विशिष्ट अथिती आदरणीय कलानिधि दाहालले आ(आफ्ना सुसेलीहरू सुन्दर र लयात्मक रुपमा प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमलाई बिट मार्दै मञ्चका अध्यक्ष दुर्गा भमरकोटेले सुसेलीकै माध्यमबाट सबैका सुसेलीहरू उत्कृष्ट रहेको आशय व्यक्त गर्नु भयो ।
यस अघि पहिलो सत्रमा पूनम घिमिरेको अध्यक्षतामा गठित महिला विभाग, जसमा उर्मिला पन्त पाण्डे उपाध्यक्ष, विमला ढकाल सचिव, यशोदा गिरी कोषाध्यक्ष, सानू शर्मा, उषा के सी, विनिता कुँवर र सानू महत सदस्य रहेको नव गठित कमिटीलाई अध्यक्षले विषेश बधाई दिँदै कार्यक्रम सकिएको घोषणा गर्नु भयको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend