logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

नाडा अटो एक्स्पोको लागि रजिष्ट्रेशन यहि जेठ २६ गते वाट खुल्ला हुदै


  • जन आकाश
  • मंगलबार, जेष्ठ २४ २०७९

 



काठमाडौ । नाडा अटोमोवाइल्स एशोशिएसन अफ नेपालद्वारा यही भाद्र ७ देखि १२ गते सम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १५औं संस्करण “नाडा अटो एक्स्पो २०२२” आयोजना गर्न लागेको छ ।

उक्त प्रदर्शनीको लागि यही जेठ २६ गते देखि ३० गते सम्म स्टल बुकि¨का लागि रजिष्ट्रेशन खुल्ला गर्न लागेको नाडाले प्रेस बिज्ञप्ति जारी गरेर जानकारी दिएको छ । सिमित ठाउ“ तर प्रदर्शनी सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा अत्याधिक माग भएकाले यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने भएको छ ।

प्रदर्शनीमा २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्थ मिलाइएको छ ।

विगतका संस्करणहरुमा उल्लेखिय रुपमा सोधपुछ भएकाले यस वर्ष देखि कमर्शियल भेहिकलहरुलाई पनि सम्मिलित गर्ने उदेश्यले कमर्शियल भेहिकलहरुको सहभागिताका लागि समेत स्टल बुकि¨ रजिष्ट्रेशन आवहान गरिएको छ ।

कोभिड संक्रमण न्यून हुदै जादा सुस्त रुपमा गतिलिन थालेको नेपाली अर्थतन्त्र पुनः सुस्ताई रहेको अवस्थामा यस नाडा अटो एक्स्पो २०२२ ले केही हद सम्म भए पनि उद्योगी, व्यापारी एंव उद्यमीहरू माझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्दै नँया उर्जा थप्न सक्ने बिश्वास सहित अटो एस्पो गर्न लागेको बताएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend