logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नाडाले इलेक्ट्रीक भेइकलमा बढाएको अन्तशुल्क कर प्रति आलोचनात्मक असन्तुष्टि ब्याक्त गरेको छ


  • जन आकाश
  • मंगलबार, जेष्ठ २४ २०७९

काठमाडौ । अटोमोवाइल्स एशोसिएसन अफ नेपालले हालै नेपाल सरकारवाट प्रस्तुत भएको बजेटको बिषयलाई लिएर आलोचनात्मक असन्तुष्टि व्याक्त गरेको छ । मिति २०७९ जेठ २४ गते काठमाडौको सोल्टी क्राउन प्लाजामा पत्रकार सम्मेलन गरी आफ्नो असन्तुष्टि सार्वजानिक गरेको हो ।



सरकारले ल्याएका मतिपय योजनालई समर्थन गरको पनि उल्लेख गरेको छ भने अन्य इलेक्ट्रीक भेइकलमा लगाएको कर, अन्तशुल्कको वारउमा उनिहरुको धारणा यस्तो आएको छ ।

नेपालमा उत्पादित विद्युतलाई पेट्रोलियम पदार्थको विकल्पको रुपमा प्रयोग गरी छिमेकी मुलुकसंगको व्यापार घाटालाई कम गर्ने, नेपालको आफनै उत्पादन जलविद्युतलाई विद्युतिय सवारी साधनहरु लगायतका विभिन्न बस्तुहरुमा प्रयोगगरी विदेशी मुद्राको बचत गर्ने माध्यमको रुपमा लिएको स्पष्ट देखिए पनि अर्कोतर्फ सोही बजेटमा १०० किलोवाट भन्दा बढी क्षमताका विद्युतिय सवारी साधनहरुमा भन्सार तथा अन्तःशुल्क महशुलमा अत्यधिक बृद्धि गरिएको छ । यसले विद्युतिय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहनको सट्टा दुरुत्साहित गरिएको बुझिन्छ । यस सन्दर्भमा नेपालको भौगलिक अवस्था अनुसार २०० किलोवाट क्षमताका विद्युतिय सवारी साधनहरुलाई समेत पुरानै व्यवस्था अनुसार भन्सार तथा अन्तःशुल्क महशुल कायम गरि दिने व्यवस्थाका लागि सरकारसंग अनुरोध गर्दछौ ।

केहि समय अघि मात्रै नेपाल सरकारले देशको बर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन नीजि प्रयोजनका सवारी साधनहरुको आषाढ मसान्तसम्मका लागि आयातमा रोक लगाएको छ । उक्त निजी प्रयोजनका सवारी साधनहरुको आयातले विदेशी मुद्रा संञ्चिति र शोधनान्तर स्थितिमा खाशै असर पार्ने नदेखिएकोले आयात प्रतिवन्धको सहज समाधानका लागि समेत सरकारसंग अपिल गर्दछौ ।

त्यसैगरी सो बजेटमा सरकारले २०० सि.सि सम्मका मोटरसाइकललाई सर्वसाधरण जनताले प्रयोग गर्ने सवारी साधनको रुपमा लिएको देखिए पनि २०० सि.सि भन्दा माथिका मोटरसाइकलमा भने अन्तःशुल्क तथा भन्सार महशुलमा अत्यधिक बृद्धि गरेबाट त्यस किसिमका मोटरसाइकलको विक्री वितरण गर्दे आएका अटोमोवाइल व्यवसायीहरुले अव आफनो व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था उत्पन्न भएकोले यसतर्फ समेत पूर्न विचारका लागि सरकारसंग अनुरोध गर्दछौ । विज्ञप्तिमा भनिएको छ ।

पत्रकार सम्मेलनमा बिभिन्न खालका उठेका प्रश्नमा नाडाका अध्यक्ष र्धुव थापाले केही अङसको उत्तर दिएका थिए । भने अर्को उधोग र व्यापारको वारेमा सिप्रदी टेड्रिका सिइओ समेत रहेका राजन बाबु श्रेष्ठले उत्तर दिएका थिए ।

कार्यक्रमको सञ्चालन नाडाका महासचीव सुरेन्द्र कुमार उप्रेतीले गरेका थिए । उप्रेतीले शुरुमा नै भनेका थिए सरकारले इलेक्ट्रीक भेइकल प्रथामिकतामा राखिने छ भनेको छ । तर व्यवहारमा त्यसको उल्टो भइरहेको छ भन्ने बिषयमा हामीले आफ्नो धारणा राख्न आज पत्रकार सम्मेलन गरेको बताएका थिए । सचीव अनुप बरालले पहिलाकै अवस्थामा इलेक्ट्रीक भेइकललाई ल्याउनु पर्नेमा जोड दिएका थिए ।

नाडाका कार्यसमिति सदस्य अभिक ज्योतिले नेपाल टुरीजम हव बनाउन देश लागि रहेको वेलामा एडभेन्चरको लागि २०० सिसि भन्दा माथिका मोटरसाइकलहरुमा लाग्ने करको विषयमा सरकारले पुनः विचार गर्न आग्रह गरेका थिए ।

धेरै जतिे पत्रकारहरुले इम्बोष्ट नम्बर प्लेटको वारेमा पटक पटक प्रश्न सोधेका थिए । जनताले दुखः पाएको सिमित समय मात्र दिएको कि चेन्ज गर नत्र कारवाही भोग भन्ने तरिकाले असार मसान्त सम्म मात्र समय दिनुले जनतालाई दुख दिने नियय भएको आरोप व्यवसायीहरुले लगायका थिए ।

आयतमा एलसी बन्द गर्दा धेरै जति गाडी डिलरहरुको रोजगार गुम्ने र रोजगारवाट विमुख हुदा आइपर्ने मानवीय समस्य आउन नदिन समेत सरकारालाई आग्रह गरेका थिए ।

कार्यक्रममा कार्यसमिति सदस्य निराकार श्रेष्ठ, यमुना श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापन नाडाका उपाध्यक्ष सुनिल रिजालले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend