जन आकाश
प्रधानमन्त्रिलाई चिठी
मिति २०७९।२।२६
प्रधानमन्त्रीको कार्यालय
सिंहदरवार, काठमाडौं ।
श्रीमान प्रधान मन्त्री ज्यू
विषय ः युवा व्यवस्थापन तथा दिगो विकासको वातावरण तयार
गरियोस् भन्ने बारे ।
श्रीमान प्रधान मन्त्री ज्यू एकजना व्यक्ति असल बन्दा त्यही व्यक्ति अति गरिवबाट सामान्य नागरिक बन्न ४० वर्ष लागेको मैले अनुभव वटुले । यदि देशको सासक असल भई दिए देशमा पूर्ण भक्ति राख्ने, निडर, साहसि र कर्मठ भईदिए म जस्तै नागरिकको जीवनस्थर उकास्न साथै देशको सर्वाङिन विकास गर्न अरु देशको तुलनामा राम्रो देखाउन मात्र १५ वर्ष लाग्ने मैले अहिले महशुस गरिरहेको छु ।
यस कार्यको लागि प्रधान मन्त्रीज्यूलाई यो पत्र लेख्न गई रहेको छु । श्रीमान् प्रधान मन्त्री ज्यू म एउटा सामान्य नागरिक देशको सेवा गर्ने रहर हुँदाहुँदै आफ्नै परिवारको पेट पाल्न र सामान्य नागरिकको अवस्थामा पुग्न ३० वर्ष लागेको र मेरो जीवन कालको ६० प्रतिशत समय वितेको अनुभव बटुले ।
आज देश भयावह परिस्थितिमा हिडेको महशुस मैले गरिरहेको छु । श्रीमान प्रधान मन्त्री ज्यू यो पत्रलाई गम्भिर रुपमा लिई दिनु हुन्छ भन्ने विश्वास लिएको छु । मेरा अगाडिका बाटामा काँडै कांडा, ठूला ठूला पर्खाल अनि खुकुरीका धार ठडिएर वसेका छन तै पनि पन्छाएर अगाडि बढ्ने कोसिस अझै गरी रहेको छ । भविष्य सुन्दर अनि उज्ज्वल छ । श्रीमन प्रधान मन्त्री ज्यू अबको बजेटले गाउँ अनि गरिवको उन्नतिको बाटो खुलाओस् । यहि बजेट स साना, दिगो विकास र परिणाम मुखि योजनाका लागि प्रयोग गरियोस् । यो विवेकि देश प्रेमी नागरिकको सन्देश छ ।
सम्पूर्ण युवा विदेसिने क्रम वढेको छ, अर्थतन्त्र डामाडोल छ । शक्ति र सत्तामा लुछाचुडि छ, शक्ति हातमा लिई महाराजा बन्ने होड चलिरहेको छ । यति हुँदाहुँदै पनि मुख्य ठाउँमा असल व्यक्ति पुगेको खण्डमा खुट्टा तान्ने प्रबृति र काम गर्न नदिने सड्यन्त्र चलिरहेको छ ।
सम्माननीय प्रधानमन्त्री ज्यू म केहि गर्न चाहन्छु । मलाई अवसर दिईयोस मेरा लहरका जनहरु देशका कर्णधार भएर अघि बढ्ने कोसिस गर्दै छन् ।
मार्ग प्रसस्त गरियोस् । देशका युवालाई परदेश जानबाट रोक्न अनि आफ्नै माटोका लागि पसिना भिजाउने अवसर दिइयोस् । यहि देशमा सहज र खुसिपूर्वक बाच्न मार्ग प्रसस्त गरियोस् ।
अवको बजेटलाई सहर मुखि हैन गाउँ मुखि बनाइयोस् । वजेटको ८० प्रतिशत भाग गाउँ मुखि बनाईयोस् । बजेटबाट गर्ने सम्पूर्ण कार्यमा जिम्मेबार निकायहरु परिचालन गरियोस् । देशको सम्पूर्ण शक्ति यहि बजेटमा केन्द्रित गरियोस् ।
विकास समभव छ, प्रधान मन्त्रीज्यू एक वर्षको बजेटले देशमा उथल पुथल ल्याउँछ कमिसनखोर, दलाल र भ्रष्टाचार रहित बनाउन सकियो भने यही कार्यको लागि देशका सम्पूर्ण जिम्मेवार निकायहरु ससक्त रुपमा परिचालन गरियोस् ।
राम्रा काम गर्नेका लागि पुरस्कार र नराम्रा काम गर्नेका लागि दण्ड गरियोस् । र नराम्रो काम गर्नेको भण्डाफोर गरियोस् । जिम्मेवार पदमा रहेको व्यक्तिका विगत देखि वर्तमान सम्मका सम्पूर्ण सम्पत्तिको लेखा जोखा गरियोस् ।
सम्पूर्ण यो देशका गलत व्यक्तिलाई दण्डित गर्ने वातावरण मिलाईयोस् ताकि अब हुने सम्पूर्ण कार्य सफल अनि अर्थपूर्ण रहन्छ । प्रधान मन्त्री ज्यू आजको यो विकराल परिस्थितिमा मेरो यस विचारलाई गम्भिरता पूर्वक लिईयोस् ।
निवेदक उहि देश प्रेमी नागरिक देवी प्रसाद चौलागाई काभ्रे, सल्ले भुम्लु गा.पा. चौवास–४ हिले
लेखकको नितान्त ब्यात्तिगत स्वतन्त्रतालाई सम्मान गरेका हौ यसवाट उत्पन्न परिस्थिति जवाफदेही लेखक स्वम हुनेछन् । स.
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend