जन आकाश
स्थलगत रिर्पोट
मोहन कार्की/मिलन लामा
काठमाडौ । नेपालमा यातायात क्षेत्रमा सेन्डिकेट प्रथाको अन्त्य गरेर सर्वसाधारणको लागि छिटो छरितो र आरामदायी यात्रा गराउने विभिन्न अभियान्तहरुको सपना सपनामा मात्र सिमित हुन पुगेको सधै सार्वजानिक यातायात प्रयोग गन एक यात्रुको भनाई आएको छ ।
सरकार मातहतका निकायहरुले रुट परमिटमा गर्ने गरेको आलटाल कानुनी झन्झट देखायर थोपर्ने नियम, बषौसम्म झुलाउने प्रबृति र पुराना समितिका पदाधिाकरीहरुले प्रा.लि.दर्ता गरेर पुरानै तरिकाले सञ्चालन गरिरहेका रुटम चलिरहेकाहरुलाई रुट परमिट दिने तर अन्य नयाँ थपियका व्यवसायीलाई यातायातको सम्बन्धित निकायले परमिट नदिने जस्ता समस्याका कारण सोही रुटमा सस्तो र छिटो छरितो सेवा दिन्छु भनेर आउने व्यवसायीहरुलाई कानुनी अधिकार नदिएर सर्व साधराण जनताले छिटो छरितो र आरामदायी यात्रा गर्नवाट बञ्चित गराएको आरोप उपभोक्ता अभियान्ता तथा सधै सार्वजानिक यातायातमा यात्रा गर्ने प्रेम बहादुर थापाले लगाएका छन् उनले जन आकाश मिडिायाको कार्यलयमा पटक पटक फोन गरेर यस्तो गुनासो गरेका हुन् ।
यसै बिषयमा हामीले साना–ठुला यातायात अनुमति पत्र वितरण गर्ने ललितपुस्थित यातायात व्यवस्था कार्यलय हेर्ने एकान्तकुनाका प्रमुख कार्यकारी अधिकृत मदन पोखे्रललाई उनकै कार्यलय एकान्तकुनामा गयर उक्त विषयमा सोधेका थियौ उनले जन आकाशसँग कुरा गर्दै भने, “ हाम्रो कार्यलयमा म आइसकेपछि कुनै पनि काम ढिलो भएको कतै फाइल अडकेर रहेको वा म आफैवाट त्यस्तो गल्ती भएको भए यो सार्वजानिक कार्यालय हो म भन्दा माथिल्लो निकायमा खबर गर्न सक्ने म भन्दा तलका कर्मचारीले त्यस्तो काही गरेका रहेछन् भने तुरुन्तै एक्सनमा जाने प्रतिवद्धता गर्दै कुनै काम ढिलो नभएको र विभेद भएको बिषयमा गुनासा अहिलेसम्म नआएको उत्तर दिएका छन् । ”
यता व्यवसयीहरुलाई हामीले सम्पर्क गर्दा बालाजु बाइसधारा यातायात प्रा.लि.का अध्यक्ष प्रेम बहादुर साहीसँग सम्पर्क गरी तपाईहरुले यातायात क्षेत्रमा कस्तो सुविधा दिइरहनु भएको छ भनि सोध्दा उनले त यातायात व्यवस्था कार्यलय एकान्तकुनाले हामीले यात्रु चाप भएको रुटमा रुट परमिटको लागि धाएको झण्डै एकबर्ष भन्दा बढी भइसक्यो तर रुट परमिट नै दिदैनन् ।
बरु तपाइहरुले हामी व्यवसायी अन्यायमा प¥यौ अन्यायमा परेका कुरा पत्रकार साथीहरुले राखिदिनु प¥यो भनेर उत्तर दिएपछि हामी बालाजु बाइसधारा यातायात प्रा.लि.को कार्यलयमा पुगेर उनको कुराहरु पनि लिएका थियौ उनले भनेका छन् ।
“ हामी त्यतिवेलाको नेपाल सरकार जतिवेला केपी शर्मा ओलीको नेतृत्वमा सरकार थियो र भौतिक तथा यातायात माननीय मन्त्री रधुवीर माहासेठ हुनुहुन्थ्यो उहाले थालेको यातायात सेन्डिकेट विरुद्धको अभियानमा हामीले साथ दिएका थियौ । हामी त्यो भन्दा अगाडी नै सिन्डिकेट प्रथाको विरुद्ध काम गदै आएका थियौ । त्यतिवेला कानुनी रुपमा समितिका नाममा रहेका सेन्डिकेट तोडियो भनेर कागजी रुपमा कम्पनीमा लाने रुटमा प्रतिस्पर्धा गर्न पाउने भन्ने व्यवस्था त भयो तर व्यवहारमा व्यवसायीले जनतालाई सेवा दिन्छु भन्दा पाइराखेको छैन । जनतालाई इमादारिताका सथा सेवा दिइरहेका व्यवसायीलाई मारमा पारेर रुट परमिट लिने तर सेवा नदिनेको पक्षमा मात्र यातायात कार्यलय लागेको छ । हामी त ठोकुवाका साथ भन्छौ यातायातमा सेन्डिकेट सरकारको मातहतका निकायले लगायको छ । यो भन्ने आधार के हो भने किन रुट परमिट दिदैनन् त ।
हामीले मुडखु भन्ज्याङ हुदै रत्नपार्क सम्मको रुटमा बस कुदाउछौ त्याहा यात्रु हुनकी नहुन सेवा दिइरहेका छौ । तर अन्य यातायात पनि त्यहा रुट परमिट लिएका छन् तर ति व्यवसायीले रत्नपार्कवाट बाइसधारा सम्म मात्र यात्रु हालेर बाइसधारा चोकवाट गाडी र्फकायर यात्रुलाई ओराली दिन्छन् । यस्ता यात्रुलाई दुखः दिने व्यवसायीलाई यातायात कार्यलयवाट पनि सहायोग हुन्छ । तर हामी यात्रुलाई भनेको ठाउँमा पु¥यायर सुविधा दिदा चै उल्टै दुखः पाउनु परेको छ ।
अर्को यातायात कार्यलयलाई हामीले मुुडखु भञ्ज्याङवाट माहाराजगञ्ज चक्रपथ हुदै टिचिङ लाजिम्पाट रत्नपार्क सुनधार हुदै सोही रुट फर्कने रुटमा गाडीको कमीले यात्रुले सास्ती पाएका छन् । यात्रुहरुले बस थपेर सेवा दिन आग्रह गरेका छन् । तारकेश्वर नगरपालिकाले अनुरोध पत्र लेखेको छ । वडा कार्यलयहरुले हामीलाई अनुरोध पत्र लेखेको हुनाले हामीले पनि आधिकारिक पत्रहरु आएपछि र यात्रुहरुको चाप देखेर बस थप गर्न र यात्रुहरुलाई सेवा दिन रुट परमिटको लागि यातायात व्यववस्था कार्यलय एकान्तकुनामा इजाजत मागेको छौ तर हाम्रो सुनुवाई भएको छैन । त्यही रुटमा ५ मोडेलका गडी कुदीरहेका छन् हाम्रो गाडीहरु ८ मोडेल, १० मोडेलका १२ मोडेलका छन् सम्माननीय राष्ट्रपतिको नाम जोडेर एकान्तकुनाका प्रमुखले रोकिराख्नु भएको छ । हाम्रो गाडीलाई मात्र उहाले इजाजत नदिनु भएको हो उनले मोडेल ५का गाडीलाई इजाजत दिनु हाम्रा ८ मोडेल, १० मोडेलका गाडीलाई इजाजत नदिनु भनेको विभेद गर्नु हो” भनेर हामीसँग भनेका छन् ।
यस बिषयमा हामीले सिसडोलवाट काठमाडौ उपत्यकामा काम गर्न आउने भीम बहादुर तामाङ लगायत केही यात्रुहरुको समस्याको वारेमा पनि हामीले स्थलगत रिपोर्टमा समेटेका छौ । उनिहरुले बस थोरै भएको कारण सास्ती व्यहोर्नु परेका गुनासो गरेका थिय । भनेको वेलामा गाडी नापाइने बालाजु बाइसधारा यातायात चै त्याहा जने गरेको तर अन्य चै त्याहा गाडीहरु नै नपुग्ने उत्तर दिएका थिए ।
उता यातायात कार्यलय एकान्तकुनाका पोखे्रलको भनाई यस्तो आयो काठमाडौ महानगरपालिका, सम्बन्धित नगरपालिका व्यवसायी स्थानीय, ट्राफिक प्रहरी सम्बन्धित निकायको छलफलमा बसेर केही समस्याहरु भएका ठाउमा समस्याहरुलाई कसरी सावधान गर्न सकिन्छ भन्नेमा हामी जान्छौ भनेका छन् । अहिले यातायात कार्यलय तिनकुने र बालाजु बाइसधारा यातायात प्रा.लि. व्यवसायी कार्यलय बीचमा रहेको दुरी चाडै नै समस्याको सावधान निकाल्न सम्बन्धित निकायको ध्यान पुगोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend