जन आकाश
काठमाडौ । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालद्वारा यही भाद्र ७ देखि १२ गते सम्म आयोजना गरिने “नाडा
अटो शो २०२२” को गत हप्ता खुल्ला गरिएको स्टल बुकि ̈का लागि रजिष्ट्रेशनमा उल्लेखिय सहभागिता
रहेको आयोजकले जानकारी गराएको छ ।
चार दिनकालागि खुल्ला गरिएको रजिष्ट्रेशनमा दुई दिनमै सम्पूर्ण सम्भावित सहभागि कम्पनीहरुको दर्ता भई सकेको थियो । बिहिबार असार २ गते गरिएको गोला प्रथा अन्तर्गत सबै कम्पनीहरुको प्रतिनिधि, प्रदर्शनी व्यवस्थापन कम्पनी ग्लेबल एक्स्पोजिशनका प्रतिनिधि, नाडा कार्य समिति पदाधिकारी सदस्य एवं नाडा अटो शो कमिटीका सदस्यहरुको उपस्थितिमा सहभागी कम्पनीहरुलाई स्टलको छनोट एवं बाँड–फाँड गरिएको छ ।

विगतका संस्करणहरु भन्दा पृथक यस वर्ष कमर्शियल भेहिकलहरुको सहभागिता रहनुका साथै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उदेश्यले छुट्टै दुई पाँग्रे इलेक्ट्रिक पेभिलियन समेत राखिएको छ ।
कोभिड महामारीका कारण दुई वर्ष पछि आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अटो व्यासायीहरुको भव्य सहभागिताले आयोजक
नाडा प्रोत्साहित हुनुका साथै सुस्ताई रहेको अटो व्यवसाय चलायमान हुनेमा पनि आयोजक विश्वस्त रहेको सार्वजानिक कार्यक्रमा जानकारी दिएको थियो ।
नाडा अटो शो समितिका सभापति अनुप कुमार बरालका अनुसार अटो व्यवसायीहरुको प्रोत्साहन, बजार सर्वेक्षण एवं नयाँ ब्राण्डहरुको प्रक्षेपणका लागि समेत नाडा अटो शो अपरिहार्य रहेको छ ।
अटोमोबाइल क्षेत्रमा भइरहेका नव प्रवर्तन, आविष्कार, भविष्यका सवारी साधनका परिकल्पना, इन्जिनियरि ̈, म्यानुफ्याक्चरिङग कम्पनीहरुका विज्ञ एवं जानकारहरुसंगको छलफल तथा अन्तक्रिया समेटिएको संगोष्ठी यस वर्षको विशेष आकर्षण हुने पनी सभापति अनुप कुमार बरालको भनाई रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend