जन आकाश
काठमाडौ । मितिः २०७९ असार ४ गते नोबेल साकोस साहित्य संस्थाले कार्यक्रम गरेको छ। ,नोबेल साकोस साहित्य संस्थाकी केन्द्रीय अध्यक्ष सरस्वती गौतमको अध्यक्षता भएको कार्यक्रमाको सञ्चालन संस्थाका संस्थापक राजनप्रसाद न्यौपानेले गरेका थिए ।
उक्त कार्यक्रममा विभिन्न विधागत स्रष्टा सर्जकहरूका मन छुने रचना वाचन तथा मुक्तककार सीता घिमिरेको मुक्तक सङ्ग्रह सीताका सिर्जना विमोचन गरिएको थियो। कार्यक्रममा संस्थाले आजीवन सदस्य, सल्लाहकार सदस्य, साधारण सदस्यहरूलाई संस्थाका तर्फबाट प्रमाणपत्र तथा कदरपत्र द्वारा सम्मान गरेको थियो ।
संस्थाका संरक्षक पुष्प रञ्जितबाट संस्थाको अक्षयकोशमा तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरियको थियो । उनिहरुप्रति संस्थाले हार्दिक आभार प्रकट गरेको थियो । चार दर्जन भन्दा बढी रचना वाचन तथा अन्य कार्यक्रमले केही समय ढिलो भएको कार्यक्रम उत्कृष्ट सभ्य भव्य भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend