logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

एन्फाको आज निर्वाचन हुदै, अध्यक्षको प्रतिस्पर्धामा पंकजबिक्रम नेम्वाङ


  • जन आकाश
  • सोमबार, असार ६ २०७९

 



 

काठमाण्डौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नयाँ नेतृत्त्व चयनका लागि आज निर्वाचन हुँदै छ । बिहान ९ बजे बुढानिलकण्ठस्थित एक रिसोर्टमा सुरु हुने साधारण सभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने एन्फाका अध्यक्षका उम्मेद्धार तथा निवर्तमान वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङले जानकारी दिएका छन् ।

२१ सदस्यीय कार्य समितिको चयनका लागि अध्यक्ष पदको लागि उम्मेद्धारी दिएका तीनजनामा प्रतिस्पर्धा हुन लागेको छ । उम्मेद्धरी दिएका वर्तमान वरिष्ठ उपाध्यक्ष पङ्कज विक्रम नेम्वाङ र वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र पूर्व अध्यक्ष राजीव पौडेल चुनावी प्रतिस्पर्धामा छन् ।

एन्फा निर्वाचनमा ८४ जना प्रतिनिधिले मतदान गर्ने छन् ।चुनावी साधारण सभाको उद्घाटन ९ बजे हुनेछ भने मतदानको प्रक्रिया २ बजेदेखि सुरु हुने छ । ४ बजेसम्म मतदानको समय दिइने र त्यसपछि मतगणना गर्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचनका लागि ५ प्रकारका मतपत्र बनाइएको छ ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सदस्य र महिला सदस्यका लागि छुट्टा छुट्टै मत पत्र तयार पारिएको हो । अध्यक्षमा ३ जना उम्मेदवार रहेकाले कुनै एक उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसेको खण्डमा दोस्रो चरणमा निर्वाचन गराउनु पर्ने प्रवाधान रहेको छ । यस्तोमा धेरै मत ल्याउने २ जनाबीच पुनः चुनाव हुनेछ ।
यो समाचार तयार पार्दासम्म पंकज नेम्वाङको सम्भावना बढी रहेको जानकारहरु बताउछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend