जन आकाश
काठमाडौं । एन्फाको निर्वाचनमा पंकजबिक्रम नम्वाङले सानदार जित हाशिल गरेका छन् । मितिः २०७९ असार ६ गते सम्पन्न निर्वाचनमा नेम्वाङले अघिल्लो कार्यकालमा अध्यक्ष रहेका कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले पराजित गर्दै नेपाली फुटबलको सर्वोच्च पद हात पारेका छन् । नेम्वाङले ४५ मत ल्याउँदा शेर्पा ३९ मतमा सीमित भएका थिए ।
चार वर्ष अघि अध्यक्षका रूपमा शेर्पा पहिलो पटक एन्फामा चुनिँदा उनकै प्यानलबाट नेम्वाङ सर्वाधिक मतसहित उपाध्यक्ष निर्वाचित भएका थिए । पछि कार्यसमितिले चार उपाध्यक्षमध्येबाट नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको थियो ।
कोहुन नेम्वाङ ?
सानैदेखि स्थानीयस्तरमा फुटबल खेल्थे । तर खेलाडीका रूपमा अघि बढ्न नसक्ने देखेपछि बिस्तारै रोलिङ क्लब हुँदै झापा जिल्ला फुटबल संघमा छिरेका उनी २०५९ सालमा एन्फाको केन्द्रीय सदस्य भएका थिए । त्यसयता लगातार चार कार्यकाल सदस्य भएर काम गरेका नेम्वाङ चार वर्षअघि उपाध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा निर्वाचित भएको झण्डै एक वर्षपछि उनी वरिष्ठ उपाध्यक्षमा चयन गरिएका थिए ।
सघर्ष नै जीवन हो भन्ने उक्तिलाई पंकजबिक्रम नेम्वाङले देशको महत्वपुर्ण खेल क्षेत्रको त्यो पनि फुटवलको संस्थाको अध्यक्ष पदमा निर्वाचनमा निर्वाचित भएर देखाएको क्षमताले सघर्ष नै जीवन हो भन्ने पुष्टि गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend