जन आकाश
काठमाडौ । मिति २०७९ साल असार ६ गते अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूसंग भेटगरी सरकारले कार जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लगाइएको प्रतिवन्ध खुला गर्न माँग गरेको छ ।
उक्त भेटघाट तथा छलफलमा अध्यक्ष थापाले सरकारले देशको बर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै नीजि प्रयोजनका कार, जीप र भ्यानलाई आउदो आषाढ मसान्तसम्मको लागि यस उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना प्रकाशित गरी आयातमा लगाइएको प्रतिवन्ध तत्काल खारेज गरी अटोमोवाइल व्यवसायीहरुलाई आफनो व्यवसाय गर्ने वातावरण सिर्जना गर्न अनुरोध गर्नु गरेको छ । बैंक तथा वित्तिय निकायहरुमा फाइनान्सको असहजता, एल.सि मार्जिनमा गरिएका बृद्धि, जोखिम भार व्यवस्थापनमा दोब्बरले गरिएका बृद्धि जस्ता विषयहरुले विगत ८ महिना देखि अटोमोवाइल व्यवसायमा ८० प्रतिशत भन्दा बढीले ह्रास आएको कुरा अध्यक्ष थापाले अवगत गराएका थिए ।
सोही भेटघाटको क्रममा अध्यक्ष थापाले देशलाई भन्सार विन्दुमा उठने परल मूल्य भन्दा दोब्बर राजश्व बुझाउदै देशको कूल कर राजश्वमा झण्डै २५ प्रतिशत योगदान पु¥याएको नेपालको अटोमोवाइल क्षेत्रमा खर्बोको लगानी तथा लाखौलाई रोजगारी प्रदान गरेका व्यवसायीहरु अहिले धरासायी हुने अवस्थामा पुगेका छन यसलाई तत्काल सम्बोधन हुनेगरी हाल लाग्दै आएको आयात प्रतिवन्ध खुलाउन अध्यक्ष थापाले अनुरोध गरेका थिए ।
छलफलका क्रममा अध्यक्ष थापाले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिष्ठा आर्जन गर्दे आएको तथा देशकै सबैभन्दा ठूलो र भव्य रुपमा सम्पन्न हुदै आएको नाडा अटो एक्सपो २०२२ यही २०७९ सालको भाद्र ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा सम्पन्न गर्ने निर्णय भईसकेको र यस किसिमको प्रदर्शनीले राष्ट्रिय अर्थतन्त्रमा समेत सहयोग पु¥याउने भएकोले त्यसको सहजताको लागि समेत नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध खुल्न जरुरी रहेको मन्त्रीलाई जानकारी गराउदै सहजताका लागि आग्रह गरेका थिए ।
भेटघाटको क्रममा मन्त्री दिलेन्द्रप्रसाद बडूले कार जीप र भ्यान जस्ता नीजि सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध यो आषाढ मसान्तसम्मको लागि मात्र भएकोले धैर्य गर्न अनुरोध गर्दे आउदो श्रावण १ गते देखि सो प्रतिवन्ध फुकुवा हुने आश्वासन दिएका थिय । उक्त भेटघाट तथा छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्दिय कार्य समिति सदस्य आकाश गोल्छा तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend