logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आजको आकाश कविता संग्रह विमोचन


  • जन आकाश
  • बिहिबार, असार १६ २०७९

 



काठमाडौँ । नेपालप्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा ‘आजको आकास’ संयुक्त कवितासंग्रहको विमोचन गरिएको छ । प्राध्यापक डा. माधवप्रसाद पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न उत्तः लोकार्पण कार्यक्रमा लोकार्पित आजको आकाश तेश्रो संयुक्त कवितासङ्ग्रह हो ।

सर्जकहरु आर.के.धर्मस्थली, जीवराज घिमिरे, प्रल्हाद पोख्रल, रवीन्द्र आशिस शैली र राजेन्द्रप्रसाद अधिकारीले २०४२ सालबाट सुरु गरेकोसंयुक्त काव्य यात्रा २०६३ सालमा दोस्रो र २०७९ सालमा तेस्रो गरेर तीन वटा संयुक्त कवितासंग्रहसम्म आइपुगेको । २०४२ सालबाट सुरु भएको काव्यिक मित्रताले सिर्जनाको निरन्तरतासँगै ३७ वर्ष पार गरेको छ ।

प्राध्यापक माधव प्रसाद पोखेल, प्राध्यापक खगेन्द्र लुईटेल, ओम प्रसाद श्रेष्ठ, रामप्रसाद पन्त लगायतले काव्य/कविताका विविध पक्षको शैद्धान्तिक विश्लेषण सहित लोकार्पित संग्रहमाथि प्रकाश पार्नु भएको थियो । त्यस संग्रहको प्रकाशन दायित्व वाङ्गमय प्रतिष्ठानले गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend