जन आकाश
रामेछाप । रामेछाप गोकुलगंगा गाउँपालिकाका पत्रकार तथा जन आकाश मिडिया प्रा.लि.का अध्यक्ष मोहन कार्कीद्धारा रचित आउन साथी आउ बोलको स्वदेश गीत पहिलो अंशको सुटिङ रामेछापका स्थानीय जनताको सहभागितामा सम्पन्न भएको छ । आउन साथी आउ बोलको गीतमा नेपाल लगायत अरु देशमा पनि सुटिङ गर्नुपर्ने भएको हुनाले भिडियोको काम अलि ढिलो भईरहेको गीतका लेखकले बताएका छन् ।
उनले गीतलाई किन रामेछापमा नै सुटिङ गर्नुप¥यो भनि पत्रकारहरुले सोधिएको प्रश्नमा रामेछाप मेरो जन्म भएको जिल्ला हो आफु जन्मेको भुमि स्वर्गभन्दा पनि प्यारो हुन्छ भन्ने कथन छ । तर मेरो भनाईमा सोध्नुहुन्छ भने मलाई जन्म दिने आमा जतिकै जिल्ला प्यारो लाग्छ । त्यसैले रामेछापलाई रोजेको हो ।
उनले थप्दै भने, याहा देख्नुभयो होला कुनै कलाकार बोलायर सुटिङ गरिएको छैन स्वत स्थानीयहरुलाई सहभागि गराईएको छ । वास्तवमा यो देशको माया गाउँ गाउँमा वस्ने सवै नेपालीलाई छ भन्ने आजको उपस्थितिले देखाउछ ।
रामेछापको गौरीशंखर क्याम्पसमा गरिएको सुटिङमा गीत बजाएको र जो जो स्थानीय स्वदेश गान सुनेर आए उनिहरुलाई नै सहभागी गरायर सुटिङ गरिएको थियो ।
उक्त गीतको भिडियो खिच्न रामेछापका जिल्लाका पत्रकार रामचन्द्र विक र राजन महतरा क्षेत्रीले सहयोग गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend