logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

‘खहरेघाट’मा सुकुम्बासी बस्तीको कथा


  • जन आकाश
  • सोमबार, असार २० २०७९

 



काठमाडौं।   नाटक महोत्सव–२०६३ मा पुरस्कृत ‘खहरेघाट’लाई निर्देशक किशोर अनुरागले टेलिसियिलमा उतारेका छन् ।

सुकुम्बासी बस्तीको कथा समेटिएको सिरियल नेपालको पूर्वी भेगमा छायांकन गरिएको कथाकार तथा निर्देशक अनुरागले जानकारी दिएका छन् । उनका अनुसार १८ असार बेलुका ७ः३० बाट नेपाल टेलिभिजनबाट प्रसारण सुरु ‘खहरेघाट’ हरेक साता शनिबार यही समय प्रसारण हुनेछ ।

पटकथा तथा मुख्य सहायक निर्देशक इच्छा सिंह रहेको ‘खहरेघाट’का निर्मातामा आनन्दप्रभाकर घिमिरे र हरि भण्डारी तथा कार्यकारी निर्माता निदेश अधिकारी छन् ।

आनन्द प्रभाकर घिमिरेद्वारा छायांकृत सिरियलमा समिर मियाको सम्पादन र शशीविक्रम थापाको शीर्षगीत छ ।

टेलिशृंखलामा देशभक्त खनाल, विद्या कार्की, किशोर अनुराग, लव शर्मा, इच्छा सिंह, सुविना श्रेष्ठ, सन्तोष थापा, साक्षी सिंह भण्डारी, सुमन विष्ट, रीता थापा, शशी थापा, दिनेश खड्कालगायतले अभिनय गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend