logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पाँच कविहरुको संयुक्त कृति सार्वजानिक


  • जन आकाश
  • आइतबार, असार २६ २०७९

काठमाडौँ । नेपालप्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा ‘आजको आकास’ संयुक्त कवितासंग्रहको विमोचन भएको छ ।यहि असार ५ गते उक्त कार्यक्रम भएको थियो



कार्यक्रम प्राध्यापक डा.माधवप्रसाद पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न उत्तः लोकार्पण कार्यक्रमा लोकार्पित आजको आकाश तेश्रो संयुक्त कवितासङ्ग्रह हो । सर्जकहरु आर.के.धर्मस्थली, जीवराज घिमिरे, प्रल्हाद पोख्रेल, रवीन्द्र आशिस शैली र राजेन्द्रप्रसाद अधिकारीले २०४२ सालबाट सुरु गरेकोसंयुक्त काव्य यात्रा २०६३ सालमा दोस्रो र २०७९ सालमा तेस्रो गरेर तीन वटा संयुक्त कविता संग्रह सम्म आइपुगेको कार्यक्रममा जानकारी दिइएको थियो ।

२०४२ सालबाट सुरु भएको काव्यिक मित्रताले सिर्जनाको निरन्तरतासँगै ३७ वर्ष पार गरेको छ ।
प्राध्यापक माधव प्रसाद पोखेल, प्राध्यापक खगेन्द्र लुईटेल, श्री ओम श्रेष्ठ, रामप्रसाद पन्त लगायतले काव्य÷कविताका विविध पक्षको शैद्धान्तिक विश्लेषण सहित लोकार्पित संग्रहमाथि प्रकाश पार्नु भएको थियो । यस संग्रहको प्रकाशन दायित्व वाङ्गमय प्रतिष्ठानले गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend