logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रुकु कार्की लगागयतका स्रष्टालाई योगमाया सम्मान


  • जन आकाश
  • आइतबार, असार २६ २०७९

 



काठमाडौ । योगमाया दिवसको अवसर पारेर नेपाल स्रष्टा समाजले हरेक वर्ष योगमायाको नाममा सम्मानहरू प्रदान गर्ने गरेको छ। त्यसै सन्दर्भमा राजधानीमा तीन व्यक्तित्वहरू सम्मानित भएका छन्।

समाजले दुई नारी स्रष्टाहरू हिरण्यकुमारी पाठक र रुकु कार्कीलाई ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रदान गर्यो भने ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ योगमाया स्मृति प्रतिष्ठान, भोजपुरका अध्यक्ष मोहनकुमार बस्नेतलाई प्रदान गर्यो । पाठकलाई २०७८ सालको र कार्कीलाई २०७९ सालको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रदान गरिएको थियो।

कार्यक्रममा श्रीओम श्रेष्ठ रोदनद्वारा सबैको स्वागत गरिएको थियो भने प्रा.डा.गोविन्दमान सिंह कार्कीद्वारा पुरस्कृत व्यक्तित्वको परिचय दिइएको थियो। प्रा.डा. कार्कीले योगमायाबारे विशेष अध्ययन अनुसन्धान गरेर २०६९ सालमा समाज सुधारक योगमाया शीर्षकको पुस्तक प्रकाशित गराउनु भएको थियो । साझा प्रकाशनले सो पुस्तकको तेश्रो संस्करण प्रकाशित गरिसकेको जानकारी हुन आएको छ ।

ुयोगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानुका संस्थापक पवन आलोक र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानुका संस्थापक राजेश न्यौपानेले योगमाया बारेमा आफ्नो धारणा राख्दै योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्नु पर्ने माग गरेका थिए ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, हिरण्यकुमारी पाठक, रुकु कार्की, मोहनकुमार बस्नेतले पनि मन्तव्य प्रकट गरेका थिए। समाजका अध्यक्ष विधान आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन जानू धितालद्वारा गरिएको थियो।

उक्त कार्यक्रममा लेखनाथ भण्डारीद्वारा तयार पारिएको जीवनी र मूल्याङ्कन कृति योगमायाुको विमोचन पनि गरिएको थियो। ३०० भन्दा बढी पृष्ठको उक्त मूल्यवान पुस्तक उपस्थित सबैलाई निशुल्क प्रदान गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend