logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सवारी साधनहरुको आयात हटाउन प्रधानमन्त्री अग्रह


  • जन आकाश
  • आइतबार, असार २६ २०७९

 



काठमाडौ । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासंग असार २२ गते भेट गरेको छ । भेटमा नाडाका प्रतिनिधिहरुले सवारी साधनमा लागेको प्रतिबन्ध हटाउन आग्रह गरेका थिए । प्रधानमन्त्रीले भेटका क्रममा प्रधानमन्त्रीले नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध हटाउन सकारात्मक रहेको बताएका थिए ।

प्रधानमन्त्री देउवाले सवारी साधन पैठारीकर्ताहरुले अव नेपालमै विद्युतिय सवारी साधनहरुको एसेम्बलिङ्ग प्लाण्ट स्थापना गरी बढदो व्यापार घाटा कम गर्न सुझाव समेत दिएका थिए ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष थापाले नेपालमा पैठारी हुने हजारौ बस्तुहरु मध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरु मात्र यस्तो बस्तु हुन् जसले आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजश्व योगदान पु¥याउने गर्दछ । यस तथ्यले नेपालको बढदो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको समेत स्पष्ट हुन्छ भन्दै यसै यथार्थताहरुलाई मनन गर्दे कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध फुकाउनका लागि आवश्यक पहल गरि दिन आग्रह गरेका ,थिए ।

अध्यक्ष थापाले नाडा अटो एक्सपो २०२२ यही २०७९ सालको भाद्र ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा सम्पन्न गर्ने निर्णय गरिएकोमा सो आयोजनाका लागि समेत नयाँ सवारी साधनहरुको आयात सुचारु हुनु आवश्यक भएकोले पनि सो प्रतिवन्ध खुल्ला गरि दिन आग्रह गरेका थिय । सो भेटघाट तथा छलफलमा उपाध्यक्ष सुनिल रिजाल, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्यहरु आकाश गोल्छा तथा कपिल शिवाकोटी समेतको उपस्थिति रहेको नाडाले उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend