logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

विश्वकप लिग (२ मा आज नेपाल र नामिबिया प्रतिस्पर्धा गर्दैै


  • जन आकाश
  • सोमबार, असार २७ २०७९

 



 

काठमाडौं। विश्वकप लिग (२ क्रिकेट अन्तर्गत स्कटल्यान्डमा भइरहेको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले सोमबार नामिबियासँग प्रतिस्पर्धा गर्दै छ।

नेपाल १६ खेलबाट १५ अंक जोडेर सात टोलीमध्ये पाँचौं स्थानमा छ । १४ खेलबाट १४ अंक भएको नामिबिया छैटौं स्थानमा छ । तालिकामा स्कटल्यान्ड २० खेलबाट २८ अंक जोडेर सात टोलीमध्ये दोस्रोमा छ । सबै खेल खेलिसकेको ओमानको ३६ खेलबाट ४४ अंक छ ।

यूएईको २२ खेलबाट २६ र अमेरिकाको २४ खेलबाट २३ अंक छ। पुछारमा रहेको पीएनजीको २० खेलबाट २ अंक छ । तालिकाको शीर्ष तीन टोली एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन् ।

विश्वकप लिग(२ मा नेपालले नामिबियासँग पहिलोपटक खेल्न लागेको हो।जारी शृंखलाको आफ्नो पहिलो खेलमा नामिबियाले आइतबार स्कटल्यान्डसँग ७७ रनको हार ब्यहोरेको थियो। २ सय ५९ रनको लक्ष्य पछ्याएको नामिबिया एक सय ८१ रनमा समेटिएको थियो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend