logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कविता 🌸 मौनतामा शान्ति🌸


  • जन आकाश
  • मंगलबार, असार २८ २०७९

 



गिता अधिकारी, कुस्मा

मौनमा हुन्छ, असिम शक्ति ,शान्त र सभ्यता
अध्यात्म ज्ञान,स्थिर मन,आत्माको भब्यता
मौनको अर्थ नबोल्नु होइन,सार्थक वचन
हौसलादायक,बिचार शैली आत्माका रचना

भनाइ एउटा,मान्छेको स्वभाव वाणिमा देखिन्छ
शान्त र गम्भीर ज्ञानिको पछि इतिहास लेखिन्छ
माहात्मा गान्धी,बुद्धको हेरौं अमुल्य धारणा
सफल हुन एकान्त अभ्यास मौनको साधना

दुनियाँ बाट वितृष्णा जागी नहुँदा मन शान्त
सहारा हाम्रो मौनता अनि संसार एकान्त
मौनको कुनै औचित्य छैन पोल्दछ भने मन
आँधी र हुरी,ईष्र्या र जलन खतरा हुन्छ झन्

मनका तर्क,विचार अनेक शब्दको ओइरो
भत्काइ दिल दुख का खिल,चलाइ पहिरो
गुनासो उत्ति जिन्दगीसँग सोचेझै भैन रे
तनाव लिने,दोष मात्रै दिने,भाग्य नै छैन रे

संयम भइ,धैर्यता राखी,शितल हृदय
हुन्थेनन होला झगडा कतै,हराउथ्यो निर्दय
बसेर मौन,एकान्त बास आफैलाइ बुझेत
संसार कति रमाइलो हुन्थ्यो शान्तिलाई पुजेत ११

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend