logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आदिकवि भानुभक्तको २०९ औ जन्म जयन्तीको अवसरकमा शोभायात्रा


  • जन आकाश
  • बुधबार, असार २९ २०७९

काठमाडौ । आदिकवि भानुभक्त आचार्यको २०९ औ जन्म जयन्तीको अवसरमा भानु प्रतिष्ठान र प्राज्ञ –प्रतिष्ठानको आयोजना र विभिन्न राष्ट्रका निकायहरुको सहभागितामा मितिः २०७९ असार २९ गते शोभायात्रा भएको छ । उक्त शोभायात्रामाा प्राज्ञ–प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रतीको अगुवाईमा र  प्राज्ञ–प्रतिष्ठानकै सदस्य सचीव प्रा.जगत प्रसाद उपाध्याय तथा प्राज्ञा –प्रतिष्ठानका कार्मचारी, नेपाल प्रहरीहरु, सशस्त्र प्रहरीहरु, नेपाली सेनाहरु, बिभिन्न स्कुलहरुका विद्यर्थी शिक्षकहरु, बिभिन्न संघ/संस्थाहरुको सहभागितामा नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरीको संयुक्त ब्याण्ड बाजासहित शोभयात्रा भएको छ ।



काठमाडौको कमलादीवाट शुरु भएर पुतलीसडक, बागबजार हुदै रत्नपार्क भएर भानभक्तको सालिक रहेको दरबार हाइस्कुलमा फुलगुच्छा चढाउदै शोभायात्रा प्राज्ञ–प्रीतष्ठान कमलादीमा पुगेर समापन गरिएको छ ।

अहिले प्राज्ञ–प्रतिष्ठानमा कार्यक्रम सञ्चालन भइरहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend