logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बिनेसामले “आदिकवि भानुभक्त २०९ औं जन्म जयन्ती भर्चुअल गरि मनाएको छ


  • जन आकाश
  • बुधबार, असार २९ २०७९

बिनेसामले “आदिकवि भानुभक्त २०९ औं जन्म जयन्ती भर्चुअल गरि मनाएको छ



काठमाडौ ।विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको आयोजनमा तथा  विनेसाम प्रदेश १, लुम्बिनी प्रदेश ५,बॅाके जिल्ला र काठमाडौं जिल्ला शाखाहरुको सह आयोजनमा राष्ट्रिय विभूती आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्तीको  अवसरमा “सिर्जना र भानु विमर्श कार्यक्रम भर्चुअल माध्यमबाट  असार २८ गते भव्यताका साथ सम्पन्न गरेको छ  ।

उक्त कार्यक्रममा  सुदूरपश्चिम प्रदेश नं ७ कार्य समिति घोषण  र  नेपाल शाखा कि अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’ को नयाँ कृति नीतिकथा सङ्ग्रह को आवरण पनि  सार्वजनिक  गरिएको थियो । शाखाकि अध्यक्ष कल्पना पौडेल को सभापतित्व  र प्रमुख अतिथि प्रा. डा. ब्रतराज आचार्यको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा    विशिष्ट साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

४५  जना भन्दा बढी  साहित्यकार हरूको विशेष उपस्थितिमा भएको कार्यक्रममा प्रमुख अतिथि,विशिष्ट अतिथिहरू र २५  जना भन्दा धेरै  साहित्यकारहरूले भानुभक्त सम्बन्धि  मन्तव्य र रचनाबाचन गरेर स्मरण गर्नुभएको थियो।

अनलाइन कार्यक्रम भएता पनि निकै व्यवस्थितरुपमा व्यवस्थापन गरिएको भन्दै प्रमुख अतिथि प्रा. डा. ब्रतराज आचार्यले भानुभक्तको बारेमा  आफ्ना भनाइहरु राख्नु भएको भयो ।  प्रमुख अतिथिद्वारा कल्पना पौडेल जिज्ञासुको चौथो कृती ‘कल्पदीप’ नीति कथा  सङ्ग्रहको आवरण सार्वजनिक गरिएको थियो ।

शाखाकि अध्यक्ष ले विनेसाम सुदुरपश्चिम शाखा समिति धोषणा गर्नुभएको थियो। धोषणा पछी नव गठित समितिका अध्यक्ष बाबुराम आचार्यले आफ्नो भनाइ राख्नु भएको थियो

प्रमुख अतिथि :-प्रा डा ब्रतराज आचार्य,
विशिष्ट अतिथिहरू :-
विनेसाम विश्व केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशी ,प्रा.डा. राजेन्द्र बिमल, प्रा.डा. कुशमाकर न्यौपाने (पोखरा),प्रा.डा. गोविन्द मानसिंह कार्की,
डा. रामभरोस कापडी(जनकपुर),डा. प्रभा भट्टराई ,सुनिता राई कन्दङवा
अतिथिहरु :- कवि बलराम दाहल ,कवि मणिराज सिंह, कवि भैरवी भूगोल,कवि अमृता स्मृति साहित्यिक मनहरुको आथित्यता रहेको थियो ।

बिनेसाम नेपाल शाखाबाट वरिष्ठ उपाध्यक्ष केसु पोखरेल खनाल , उपाध्यक्ष सीता विष्ट कार्की,सचिव कृष्ण के सी ,सह सचिव गंगा आचार्य सापकोटा ,कोषाध्यक्ष बसु श्रेष्ठ, सह कोषाध्यक्ष बिमला शर्मा ढुंगाना सदस्यमा -कल्पना राइको,रजनी शर्मा,बिमला अधिकारी देवकोटा,यामनाथ सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

विनेसाम प्रदेश नं १ को सल्लाहकार कृष्ण प्रसाद गौतम ,हिमाल पौडेल,आर्त अकुलीन,गणेश कार्की ,राधिका गुरागाई,कवि भीम विरही राई, तोयानाथ अधिकारी , सुधा मिश्र ,चुडा निर्भिक ,सरस पाण्डे ,इन्दिरा गौतम ,उर्मिला पन्त , सारदा आचार्य ,अनिता कोइराला लगायत उपस्थित ५० जना भन्दा धेरैले शुभकामना र रचना बाचन गर्नु भएको थियो | नेपाल शाखाकी उपाध्यक्ष सीता बिस्ट कार्कीले स्वागत मन्तब्य राख्नु भएको थियो भने  कार्यक्रम को सन्चालन विनेसाम नेपाल शाखाकी महासचिव अम्विका याम्फु अनमोल,बागमती शाखाका सचिव माधव विडारी,काठमाडौं शाखाका अध्यक्ष जनार्दन अधिकारी धड्कन,लुम्बिनी प्रदेश शाखा अध्यक्ष लेक प्रसाद प्याकुरेल र बाँके शाखा अध्यक्ष गिता  अर्याल ले आलोपालो गर्नुभएको  थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend