logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विनेसाम अध्यक्षतामा सुरेन्द्र लिम्बू परदेशी चयन


  • जन आकाश
  • बिहिबार, असार ३० २०७९

मोहन कार्की ।



काठमाडौ । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति २०२२ देखि २०२५ सम्मको लागि सर्वसम्मत रुपमा चयन भएको छ ।

२०९ औं भानुजयन्ती तथा गुरु पूर्णिमाको अवसरमा जूमहलमा आयोजित भर्चुअल कार्यक्रमबिच निर्वाचन समितिका संयोजक वरिष्ठ विद्धान तथा समालोचक प्रा. डा. गोविन्दराज भट्टराई, निर्वाचन समितिका सदस्य नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा र निर्वाचन समितिकी सदस्य सिक्किम विश्वविद्यालयकी डीन प्रा. डा. कविता लामा रहेको तीन सदस्यीय निर्वाचन समितिले पुरानो समितिको कार्यकाल समाप्त भएको जानकारी गराउँदै नयाँ समिति घोषणा गरिएको थियो ।

नयाँ समितिको घोषणापछि सारगर्भित मन्तब्यसहित निर्वाचन समितिका संयोजक प्रा. ड.गोविन्दराज भट्टराईद्धारा सफत ग्रहण गराइएको थियो । त्यसपछि महासङ्घको विधान अनुसार सर्वसम्मत तवरले चयन भएको समितिलाई आधिकारिकता प्रदान गर्न प्रा. डा. भीम खतिवडाद्वारा सुन्दर र शालीन कार्यक्रम सञ्चालन भएको थियो।

सफत ग्रहण पश्चात नवगठित समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले निर्वाचन समितिलाई हार्दिक धन्यवाद प्रकट गर्दै आफ्नो १० बुँदे प्रतिवद्धता प्रस्तुत गर्नु भएको थियो ।

 

नवगठित समितिका पदाधिकारीहरू तपशिल बमोजिम रहेका छन्

१ अध्यक्ष . सुरेन्द्र लिम्बू परदेशी (भारत)
२ वरिष्ठ उपाध्यक्ष . डा। लेखनाथ काफ्ले (ताइवान)
३ उपाध्यक्ष . डेन्जोम साम्पाङ (अमेरिका)
४ उपाध्यक्ष . विजय हितान (बेलायत)
५ उपाध्यक्ष . गोविन्द गौतम (रसिया)
६ महासचिव . सुनिता राई कन्दङ्वा (इजरायल)
७ सचिव . डा.मनमूर्ति भुर्तेल (रसिया)
८ सहसचिव . डा. नाज सिंह (रसिया)
९ साहित्य संचार संयोजक . दामोदर ढकाल दीपक (नेपाल)
१० कोषाध्यक्ष . के.बी. पौडेल (नेपाल(

सदस्यहरू
११ राहुल राई बोगिको (भारत)
१२ कल्पना पौडेल जिज्ञासु (नेपाल)
१३ अमित चाम्लिङ राई (कुवेत)
१४ लक्ष्मण न्यौपाने (म्यान्मार)
१५ मोहनराज खनाल (म्यान्मार)
१६ आर एल श्रमजीवी (बेलायत)
१७ रितादेवी प्रधान (अमेरिका)
१८ लाल सुन्दर राई (बेलायत)
१९ अमित थेबे (बेलायत)
२० पूर्णिमा जी शाह (हङकङ)
२१ सुमित्रा थामी अविरल (भारत)
२२ देवीबहादुर इङनाम (जापान)
२३ कपिल अधिकारी (ताइवान)
२४ भीम विरही राई (नेपाल)
२५ कृष्णप्रसाद गौतम (नेपाल)
२६ नवराज न्यौपाने (नेदरल्याण्ड)
२७ यादु अधिकारी (अमेरिका)
२८ प्रेम कटुवाल (कुवेत)
२९ देवीका मंग्राती राई (भारत)

केन्द्रीय पार्षद
१ मनोज कँडेल . ताइवान
२ मञ्जुला तामाङ . भारत
३ केशर घलान . कुवेत
४ जय बान्तावा . अमेरिका
५ सरगम धिताल . थाइलैण्ड
६ औतारी साइँला . बेलायत दक्षिण
७ नानु राना . बेलायत पश्चिम
८ मुना सिग्देल . प्रदेश नं. १ नेपाल
९ लेकप्रसाद प्याकुरेल . लुम्बिनी प्रदेश नेपाल

सल्लाहकारहरू
१ डा. मधु माधुर्य (अमेरिका)
२ श्री विश्वासदीप तिगेला (वेलायत)
३ प्रा. डा. गोविन्दराज भट्टराई (नेपाल)
४ प्रा. डा. भीम खतिवडा (नेपाल)
५ प्रा. डा. कविता लामा (भारत)
६ प्रा. डा. दिवाकर प्रधान (भारत)
७ डा. घनश्याम परिश्रमी (नेपाल)
८ महावाणिज्यदूत श्री नवराज पोख्रेल (रोमानिया)
९ श्री शरद प्रधान (नेपाल)
आदि रहेका छन् ।

जनआकाश साप्ताहिकका नियमित स्तम्भकार तथा सर्जक दामोदर ढकाल (दिपक) बिश्व नेपाली साहित्य संचार संयोजक बन्नु भएकोमा उहा लगायत सम्पुर्ण नव गठित कार्यसमितिलाई जन आकाश राष्ट्रिय साप्ताहिक हार्दिक बधाई तथा सफल कार्यकालको शुमकामना व्यक्त गर्दछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend