logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अब पालो *कालो बादल*को


  • जन आकाश
  • शुक्रबार, साउन ६ २०७९

 



काठमाडौ मिति : २०७९ साउन ६ गते भद्रकाली मन्दिर परिसरमा आयोजित शुभ साइत कार्यक्रममा सिरियलका लेखक तथा निर्देशक लक्ष्मी नाथ तिमिल्सिनाले अहिलेको सामाजिक परिवेशलाई समेटेर तयार पारिएको कथा वस्तुमा सबै कला वस्तुहरु नकारात्मक प्रभाव पार्ने मात्र नभई धर्तीको लागि वरदान पनि साबित हुन सक्छ , कालो बादलले बिनाश मात्र निम्त्याउन नभई नया सिर्जनाका वातावरण पनि निर्माण गर्छ भन्ने सन्देश सिरियलले दिने उदेश्यले कालो बादल सिरिन्ज बनाउन लागेको प्रतिक्रिया दिएका छन।

पञ्चकन्या द्वारा पूजा गरि सुरु गरिएको शुभ साइत कार्यक्रममा कलाकार निर्देशक शुभाष गजुरेलले नरिबल फुटाएर साइत गाराइदिएका थिए।  शुभसाहित्मा कलाकार उत्तम के.सीले मुहुर्त सर्ट निर्देशन गरेका  थिए , नव नायिका लक्ष्मी गौतमले अभिनय गरि शुरूवात गरिएको छ।

उक्त कार्यक्रममा सिरियलका अन्य कलाकारहरु नायक अर्जुन थापा ,नायिका सबिता खड्का , नायिका प्रीतिका शर्मा ,भगत शाह ,कृष्ण भक्त महर्जन ,मुकुन्द मैनाली ,दीपक अधिकारी, गायत्री पाण्डे ,रचना पौडेल , उत्सव के.सी, सुपा खनाल , समिता रिजाल ,चण्डिका राज बस्नेत , प्रेम शर्मा पौडेल र बाल कलाकार ग्रीष्मा रेग्मीको उपस्थिति रहेको थियो भने ज्ञान कुमार कट्टेलको छायांकन रहने उक्त सिरियलमा प्रेम शर्मा पौडेलको सम्पादन , गायत्री पाण्डेको श्रृङगार रहेको छ भने शम्भु गौतम सहायक निर्देशकको रुपमा देखा पर्ने छन् । दुई नायक र अन्य कलाकारहरु छनोट हुन बाकी रहेको उक्त सिरियल साउन १५ गते देखि छायांकनमा जाने निर्देशक लक्ष्मी नाथ तिमिल्सिनाले बताए ।

लक्ष्मीनाथको निमन्त्रणामा जनआकाश मिडिया पनि शुभ मुहुर्तमा हौसला दिन पुगेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend