logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सिप्रदी लोकोन्याभ बजारमा


  • जन आकाश
  • सोमबार, साउन ९ २०७९

काठमाडौ । नेपालको अटोमोबाइल उद्योगको अग्रणी कम्पनी सिप्रदी टे«डिङ्ग प्रा. लि. ले लोकोन्याभ नेपालीबजारमा बिक्री वितरण सुरु गरेको छ । लोकोन्याभ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन हो जसले गाडीहरुलाई प्रभावकारी रूपले व्यवस्थापन गर्न मद्दत पुर्याउछ । गाडीको ट्रयाकिङ, इन्धन सुपरिवेक्षण र भिडियो टेलिम्याट्रिक्स जस्ता प्रयोजनका लागि लोकोन्याभ अन्यन्त उपयुक्त छ ।



“सिप्रदी टे«डिङ्ग प्रा. लि. ले सुरुवाती दिनदेखि नै आफ्ना ग्राहकहरुको वृहतहितलाई ध्यानमा राखी अटोमोटिभ एवं सो सम्बन्धित व्यापारको क्षेत्रमा आपूmलाई सशक्त ढंगले अगाडि बढाईरहेको छ । यसै परिप्रेक्षमा कम्पनीले लोकोन्याभ नेपाली बजारमा ल्याएको छ जसले गाडीको सही व्यवस्थापन गर्न ठूलो सहयोग गर्नेछ,” सिप्रदी टे«डिङ्ग प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भन्नुहुन्छ । “यस लोकोन्याभ प्लेटफर्म मार्फत सिप्रदीले नेपालको गाडी व्यवस्थापन प्रणालीमा आमुल परिवर्तन गर्ने लक्ष्य राखेको छ ।”

यसैगरी लोकोन्याभका सहसंस्थापक श्रीधर गुप्ता भन्नुहुन्छ “हामी केहीदिनमा नै छैठौं वर्षमा प्रवेश गर्दैछौं र यसलाई हाम्रो नेपालस्थित सिप्रदीसँगको बलियो सहकार्यले अझ विशेष बनाउँदै छ । हामी नेपाल जस्तो आर्थिक रुपमा उदियमान बजारमा उत्कृष्ट भन्दा उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन प्रदान गर्न प्रतिबद्घ छौं ।

लोकोन्याभ एक यस्तो सफ्टवेयर कम्पनीहो जुन विश्वका उदियमान एवं गतिशील बजारहरुका चालक एवं गाडी धनीहरुको फ्लिट म्यानेजमेन्टको पहुँचलाई सरल बनाउने तर्फ केन्द्रित छ । विश्वका ५० भन्दा बढी मुलुकहरुमा उपस्थिति भएको लोकोन्याभ एउटै प्लेटफर्मबाट गाडी संचालनको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ । नविन प्रविधिहरुको प्रयोगमा बनेको यस प्लेटफर्मले गाडीधनी र चालकहरुलाई कमभन्दाकम खर्चमा उच्च कार्यक्षमता हासिल गर्न सहयोग गर्दछ भनि सिप्रदीले उल्लेख गररेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend