logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

टाटा ग्रिन ब्याट्रिजको आधिकारिक वितरक स्याकरले पायो


  • जन आकाश
  • सोमबार, साउन ९ २०७९

 



काठमाडौं । नेपालको लागि होन्डा मोटरसाइकल र स्कुटरको आधिकारिक बिक्रेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिलाई टाटा ग्रिन ब्याट्रिजको टू ह्विलर्स ब्याट्रिजको एचएमएसआई, एचएसपीपी र होण्डा मोटरर्सको आधिकारिक ओईएम वितरकको रुपमा नियुक्त गरिएको छ ।

टाटा ग्रिन ब्याट्रिज, टाटा अटो कम्पनी जीवाई ब्याट्रिज प्रालिले उत्पादन गर्छ । टाटा ग्रिन ब्याट्रिजका सीईओ रवि गुप्ताले टाटा ग्रिन ब्याट्री, टु ह्विलर्स ब्याट्रिजका भारतमा रहेका ठूला बिक्रेताहरुमध्ये एकमा पर्ने बताएको थियो ।

होण्डा मोटरसाइकल र स्कुटर इन्डिया, टीभीएस, जाभा, सुजुकी मोटरसाइकलमा यसको ब्याट्री प्रयोग हुने गरेको छ । स्याकार ट्रेडिङसँगको सहकार्यले कम्पनीले नेपालको बजार विस्तारलाई सहज बनाउने उनले बताए ।

यस्तै स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले टाटा ग्रुप कम्पनीसँग हात मिलाउनु स्याकार ट्रेडिङको इतिहासमा एउटा नयाँ चरम पुग्नुसरह हुने बताए ।

कम्पनीको एक सय ५० बिक्रेताहरुको सञ्जालको महुचबाट नेपालको कुना कुनासम्म पनि होण्डा ग्राहकहरुसमक्ष टाटा ग्रिन ब्याट्रिज पुर्याउने उनले विश्वास दिलाएका थिए ।

पत्रकारहरुको बाक्लो उपस्थिति भएको कार्यक्रममा टाटा ग्रिन बयाट्रिजको प्रदर्शन गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend