logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गजल


  • जन आकाश
  • बिहिबार, साउन १२ २०७९

डा. अमर कार्कीका



गजल

समुन्द्री तटमा आज पानीको ललकार देखियो

उर्लिदो छालले थुपारेको समुन्द्री झार देखियो

बिसाल छालहरुमा तैरने कोही देखिएन आज

पर क्षितिजमा दुईचार नौका बिहार देखियो

प्रायः शान्त रहने सागरलाई आज पूर्णे लागेछ

किनारालाई काटि पहरा बनाउने धार देखियो

जालीदार माछाहरु समुन्द्रीतटमा छट्पटिदै थिए

तातो बालुवामा यिनै माछाको चित्कार देखियो

पन्छीहरु रमाइरहेका तर मान्छेहरु डराइरहेका

आज यहाँ एउटा अजिबको ब्यबहार देखियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend