जन आकाश
काठमाडौं । सुरज शाह ठकुरीद्धारा निर्मित ‘तोरी पहेँलै’ बोलको गीत केशवराज चौलागाइको शब्द ÷ सँगीत र रामकृष्ण थापाको सँगीत सँयोजनमा तयार गरिएको लोक दोहारी गीत बजारमा आएको छ। गितमा बिनोद दनुवार र पार्वती कार्कीले स्वर दिएकाछन् भने सुरज शाह ठकुरी र रमिला कोइरालाले गायनमा साथ दिएकाछन् ।
लोक गीतमा पश्चिमेली थेगो र काठ क्षेत्रको संयोजन रहेको छ । पुर्व मेचीदेखी पश्चिम महाकाली सम्मको समावेसी लोक गायनलाई समेट्न खोजिएको निर्माण टिमले बताएको छ ।
गीतमा कृष्ण रसाल र सिलु गजुरेल लगाएतका टिमको अभिनय रहेको छ । राज पोखरेलको छायाँङ्कन रहेको गीतमा सम्पादन भने अच्युत बजगाइले गरेका छन् । तोरी पहेँलै नामक यस गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।
यस अघि बिनोद दनुवारको पुर्बिय लोकलयमा आधारीत गाईघाट बजार, गाईघाट बजार(२, हलेशी बजार, रोैता डाडामा कान्छा कान्छि, भोर्लाको पात कत जेबई मछली जस्ता गीतहरुलाई उनका दर्शक श्रोताहरुले राम्रै रुचाई सकेकाछन् । केही समय अगाडि उनका आफ्नै च्यानलबाट सार्बजनिक भएका सररर बोलेरो गाडिमा, छिन छिन मै तिम्रो याद र स्वाहा भो बोलको गीतले पनि माया बटुलि नै रहेको छ ।
नयाँ लोक दोहोरी तोेरी पहेँलै लोक दोहोरी गितको अडियो भिडियो उत्कृष्ट बनाइएको हुदा दर्शकको धेरै माया पाउने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend