जन आकाश
काठमाडौ । यातायात व्यवसायीहरुको छाता संगठन भनेर चिनिदै आएको नेपाल यातायात ब्यावसायी राष्ट्रिय महासंघ गैरकानुनी भएको खुलासा भएको छ । काठमाडौको टौडहमा भएको बालाजु बाइसधारा यातायात प्रा.लि.को साधारणसभामा बिशेष अतिथिको रुपमा आएका सार्वजानिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष हेमन्त शेरचनले नेपाल यातायात ब्यावसायी राष्ट्रिय महासंघ गैरकानुनी भएका उक्त धारणा राखेका हुन् ।
उनले २०१८ गुठी ऐन अन्र्तगत दर्ता भएका संघ÷संस्थाहरु सवै २०७२ सालको नयाँ संविधानमा स्वत निलम्बनमा परे जस्तै उद्योग बाणिज्य महासंघ, नेपाल पत्रकार महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ लगायतले २०३४ लाई टेकेर महाधिवेशन गरे, त्यसमा यातायात व्यवसायीहरुलाई त्यो २०३४ लाई टेकेर जान नदिने भन्यो २०३४ जान नपाउने भएपछि त्यसलाई संशोधन पनि गर्न नमिल्ने र खारेज गर्न पनि नमिल्ने भएपछि आपत्त आइलाग्यो ।
कसैलाई पनि नविकरण गर्न दिएन सरकारले त्यसपछि गृह मन्त्रालयले यातायातको क्षेत्रमा कुनै ऐन बनाउला भनेर एउटा आदेश पत्र आयो तर हाललाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कानुन सम्मत छैन । भनेपछि उक्त बिषयमा नेपाल यातायात ब्यावसायी राष्ट्रिय महासंघको केन्द्रीय सल्लाहकार म रहेको तर यो गैर कानुनी रुपमा संस्था चलाउनु हुदैन सररकारले प्रा.लि. जा भनिसक्यो त्यसैले हामीले कानुनको पालना गर्नुपर्छ भनि प्रस्ताव राख्दा मलाई नै उल्टै साथीहरुले गलत अर्थ लगाएका थिए । आज तिनै साथीहरु गैरकानुनी रुपमा नेपाल यातायात ब्यावसायी राष्ट्रिय महासघ भन्दै चलाई राखेकाछन् ।
त्यो गैर कानुनी छ ।,त्यसपछि हामीले सार्वजानिक यातायात केन्द्रीय महासंघ स्थापना गरेर कानुनी प्रक्रिया पुरा गरेर यातायात व्यवसायीहरुको हकहितमा काम गदै आएका छौ । त्यसकारण आधिकारिक यातायात क्षेत्रको छाता संगठन सार्वजानिक यातायात केन्द्रीय महासंघ भएको उनले कार्यक्रममा बताएका थिए ।
उक्त सार्वजानिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोल प्रसाद खनालले पनि वास्तविक यातायात क्षेत्रको अवस्था सुधार गर्न देशमा केही केही मानिसहरुले लागु गरेको गलत नीतिलाई तोड्न सार्वजानिक यातायात केन्द्रीय महासंघ लागेको छ । जसमा काठमाडौ उपत्यकामा मात्र झण्डै ८० प्रतिशत यातायात व्यवससायी सार्वजानिक यातायात केन्द्रीय महासंघमा आवद्ध भएका छन् । यो राम्रो कुरा भएको बताएका थिए ।
वास्तविक यातायात व्यवसायीहरुको छाता संगठन सार्वजानिक यातायात केन्द्रीय महासंघ हुदै गएको पुष्टि हुन थालेको बताएका थिए ।
कार्यक्रमको सञ्चालन ट्राफिक मेट्रो एफएमका बिनोद सापकोटाले संचालन गरेका थिए भने कार्यक्रमको अध्यक्षता बालाजु बाइसधारा यातायात प्रा.लि.का अध्यक्ष प्रेम बहादुर शाहीले गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य बालाजु बाइसधारा यातायात प्रा.लि.का सहअध्यक्ष राम प्रसाद भट्टराईले गरेका थिए, त्यसैगरी अखिल नेपाल मजदुर संघका केन्द्रीय सदस्य हरि प्रसाद ढुङगानाले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैगरी मन्तव्य राख्नेहरुमा सार्वजानिक यातायात केन्द्रीय महासंघका उपमहासचीव केशव नेपाल,सल्लाहकार मधुुसुधन उपाध्याय,बालाजु बाइसधारा यातायात प्रा.लिका कानुनी सल्लाहकार मुक्तिनाथ आचार्य रहेका थिए ।
अतिथिहरुमा
वरिष्ठ सल्लाहकारः रामभक्त श्रेष्ठ
प्रमुख सल्लाहकारः नानीकाजी डंगोल
सल्लाहकारः भुपाल बस्नेत
उपाध्यक्षः केशव प्रसाद अधिकारी
उपाध्यक्षः प्रेम बहादुर राय
सचीवः सुमन पुडासैनी
कोषाध्यक्षः बिष्णु बहादुर तामाङ
सदस्यहरु वीर बहादुर तामाङ
कमलराज अमागाई
अनिता तामाङ लगायत रहेका थिए ।
कार्यक्रममा बालाजु बाइसधारा यातायात प्रा.लि.मा कार्यरत कर्मचारी, चालक लगायतलाई सम्मान तथा नगद पुरुस्कार प्रमुख अतिथिको हातवाट वितरण गरिएको थियो ।
बन्दशत्रले नयाँ कार्यसमिति केही फेरबदल गरेर परानैलाई निरन्तरता दिएको छ ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend