जन आकाश
काठमाडौं । युवा पुस्तालाई लक्षित गरि तयार पारिएको आलु जस्तो लवको अफिसियल टेलर सार्वजनिक गरिएको छ । यहि साउन १२ गते बानेश्वर थापागाँउमा एक कार्यक्रम विच टेलर सार्वजनिक गरिएको हो ।
टेलर सार्वजनिक कार्यक्रममा बोल्दै लेखक निर्देशन देव प्रसाद धिमालले आफनो मेहेनतलाई दर्शकले स्विकार्नु हुन्छ हुदैन आगामी दिनले देखाउनेछ दर्शकले दिएको ताली गाली मलाई स्विकार्य छ ।
यो मेरो लागि चुनौती र अवसर दुवै रुपमा लिएको छु । उनले भनेकाछन् सिरिजमा सबै कलाकार युवा र नयाँ छन ,कथावस्तु पनि अहिलेको युवाहरुको प्रेममा आउने आरोह अवरोहको विषयमा छ त्यो हुदा युवापुस्ताले मन पराउने बिश्वास लिएको छु । हामीले सिरिजलाई टेलिभिजनहरु संग पनि कुराकानी गरिरहेका छौ सायद चाडैं टेलिभिजनमा पनि दर्शकले हेर्न पाउनु हुनेछ उनले भने ,नयाँ कलाकारहरुको उल्लेखिय उपस्थिति रहेको यस सिरिजको मुख्य भुमिकामा दिवस नाथ, प्रियंका श्रेष्ठ ,प्रियन्सी श्रेष्ठ ,सोनियो रन्जित ,पुनम परियार ,सुमन थोप्रा लिम्बू ,भिमसेन खतिवडा ,राजकुमार शाह,विजय राज भुर्तेल,राजिव धिमाल कृष्णप्रसाद धिताल ,सविना गहतराज रोजिना गौतम अर्जुन थापा लगायतको अभिनय रहेको छ ।
विजयराज फिल्मसको सहकार्यमा निर्माण गरिएको सिरिजको छायांकन नवराज घिमिरे र प्रवेश राईले गरेका छन भने विजय राज भुर्तेल सम्पादन रहेको सिरिजको मन्जु कुमारी फुयाँल र अनिता सुवेदी धिमालको लगानी रहेको रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend