logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लिम्पियाधुरा नक्सामा समेटेपछि के के उप्रद्रो हुन्छ भन्ने मलाई थाहा थियो ः ओली


  • जन आकाश
  • सोमबार, साउन १६ २०७९

 



 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको भूमि नेपालको नक्सामा समेटेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाइएको दाबी गरेका छन् ।

पूर्वसचिव द्वारिकानाथ ढुंगेलको पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ सार्वजनिक गर्दै ओलीले आजको युगमा देश जोगाउन लड्न नपर्ने भन्दै देशभक्तिको पक्षमा अडिए पुग्ने बताए ।

ओलीले भने, ‘हाम्रो गुमेको भू(भाग समेटेर नक्सा जारी गर्दै गर्दा मलाई प्रधानमन्त्रीबाट हट्नुपर्छ, अब उपद्रो हुन्छ भन्ने थाहा थियो । नभन्दै हट्नुपर्‍यो । त्यसमा मलाई पीर छैन तर देश जता लगिँदैछ त्यस कुरामा चाहिँ पीर छ । आजको दिनमा देशभक्त हुन लडाइँ लड्नु पर्दैन, देशको पक्षमा अड्नुपर्छ । अडिए पुग्छ, म अडिएको हुँ । अडिँदा प्रधानमन्त्रीबाट हटाउँछन् भन्ने थाहा थियो ।’

ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सन्धि गरेपछि आफूलाई हटाइएको भन्दै दोस्रोपटक लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि हट्नुपरेकोमा कत्ति पनि हिनताबोध नरहेको बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend