logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कार्कीद्वारा रचित स्वदेश गानको लोकार्पण ३१ गते हुने


  • जन आकाश
  • शनिबार, साउन २१ २०७९

 



काठमाडौ । पत्रकार मोहन कार्कीद्धारा रचना गरिएको आऊन साथी आऊ बोलको स्वदेश गान साउन ३१ गते काठमाडौको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा भव्य कार्यक्रम गरी लोकार्पण हुन लागेको लागेको छ । उक्त कार्यक्रमको लागि सम्पुर्ण तयारी सकियको जनआकाश टिम व्यवस्थापन हेरिरहेका कुमार अधिकारीले बताएका छन् ।

उक्त गीतको संगीत÷संयोजन रामकृष्ण थापाले गरेका छन् । गायक बिनोद दनुवारले गायकाछन् उनलाई साथ दिने गायकहरु रमेश पाठक, मनु दाहाल, उषा गजुरेल रहेका छन् ।
गीतको छायाङ्कन रामेछापमा पत्रकार रामचन्द्र विकले गरेका हुन् भने काठमाडौमा बिजय जिरेलले गरेका छन् ।

अभिनय गर्नेहरुमा बरिष्ठ कलाकारहरु सुवास गजुरेल (श्रीराम) , उत्तम केसी लगायत रहेका छन् भने नायक सित्तल केसी, नायिका सविता खड्का, चर्चित कलाकार लक्ष्मीनाथ तिमल्सिना, साथै कलाकारहरु श्रीराज कार्की, उद्धवलाल श्रेष्ठ, कल्पना कार्की, श्रुती कार्की, प्रतिक्षा राई, प्रतिषा तामाङ, सोनिका बुढामगर,गायत्री पाण्डे, बाल कलाकार आर्य शाही ठकुरी लगायत रहेका छन् ।

जन आकाश मिडियाको युटुव च्यानलमार्फत सार्वजानिक गर्न लागिएको गीतको भिडियोको सम्पादन प्रेम शर्मा पौडेलले गरेका छन् । नेपालको स्वदेश गानमा खेलकुद, देश–विदेश,गाउ–शहर, दुखःसुख हिमाल–पाहाड–तराई सवै क्षेत्रलाई समेटेर लेखिएको छ । उक्त गीतले नेपाली एकतालाई देशको विकासलाई जोड दिइएको छ ।

त्यसै अनुसारको भुगोलको वनावट सहितको भिडियो समेत संलग्न गरेर बजारमा ल्याउन लागिएको र लोकार्पण गर्ने दिन राष्ट्रियस्तरको टेलिभिजनवाट पत्यक्ष प्रशारण, बिभिन्न एफएमहरुवाट प्रत्यक्ष प्रशारण, जनआकाश पत्रिकाको फेसबुक पेजवाट प्रत्यक्ष प्रशाराण, नेपालको चर्चित अनलाईन नेपाल प्रेसवाट प्रत्यक्ष प्रशारण गर्नेगरी व्यवस्था मिलाइएको रचनाकार कार्कीले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend