logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ससेलीको २८ औँ भर्चुअल कार्यक्रम सप्पन्न


  • जन आकाश
  • आइतबार, साउन २२ २०७९

 



काठमाण्डौ। राष्ट्रिय सुसेली मञ्च नेपालका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेज्युको सभापतित्व, मञ्चकि उपाध्यक्ष सुशीला ढकाल अधिकारीको संचालन र महासचिव दामोदर ढकाल दिपकको स्वागत मन्तव्यबाट सुरु भएको   सुसेली गायन कार्यक्रममा सप्पन्न भएको छ।

३५ जना  कवि साहित्यकारहरूको उपस्थिति भएका थिए।
उपस्थिति हुनेहरु निम्न रहेका छन् । पवन बुढाथोकी, कृष्ण के सी, विमला ढकाल, लक्ष्मी प्रसाद मिश्र, जानुका थापा रायमाझी, पूनम घिमिरे, सुरेशचन्द्र घिमिरे, चन्द्रावती अधिकारी, शारदा आचार्य, उर्मिला पन्त, वासुदेव ठकुरी, चन्द्रा न्यौपाने, गंगा लिगल, द्वारिका कुइँकेल, सुशीला पौडेल, सुमित्रा श्रेष्ठ, सरस्वती वली, इन्दिरा रेग्मी, दुर्गा अधिकारी रिमाल, अम्बिका अधिकारी, गंगा लिगल, ललिता खरेल, कल्पना भट्टराई, घनश्याम पौडेल, सविता वाग्ले, विमला अधिकारी देवकोटा, विमुन्स पौडेल   वेदज्ञाता  तिलकप्रसाद लुइँटेल, वरिष्ठ कवि कलानिधि दाहाल र वरिष्ठ कवि परशुराम परासरले आ-आफ्ना साउन तथा समसामयिक सुसेलीहरू सुन्दर र लयात्मक ढंगले प्रस्तुत गरेका थिए । आउँदै गरेको तीजको झल्को दिने त्यस कार्यक्रम अत्यन्तै सुन्दर र भव्य रहेको कुरा बताउँदै विशिष्ट अतिथिहरूले कार्यक्रमको प्रशंसा गरेका  थिय ।

कार्यक्रमलाई बिट मार्दै मञ्चका अध्यक्ष दुर्गा भमरकोटेले तीज विशेष सुसेली भिडियो प्रतियोगिताको पहिलो चरणको नतिजा सार्वजनिक गर्दै अन्तिम चरणको भौतिक सुसेली गायन प्रतियोगिताको लागि प्रतिस्पर्धीहरूलाई  आगामी भदौ ९ गते युनिभर्सल टेलिभिजनको स्टुडियो हलमा निमन्त्रणा गरेका थिए र प्रज्ञाले गरेको लघुकाव्य उपविधा गोष्ठीमा भएको विवरण प्रस्तुत गर्दै सबै सहभागी अतिथि कविहरूमा धन्यवाद दिएर सभाको विसर्जन गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend