logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

चट्ट कपाल कोरेर नामक म्युजिक भिडियो सार्वजनिक


  • जन आकाश
  • सोमबार, साउन २३ २०७९

 



काठमाडौ । गायक तथा मोडेल दिपक बिडारी राजदिपले गाएको आधुनिक गित चट्ट कपाल कोरेर बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ।

गायक राजदिप लाई उक्त गितमा निकिता थापाले गायनमा साथ दिएकी छिन। सो गित मा बृजेश श्रेष्ठ को एरेन्ज र आशिष् प्रजापतिको सब्द रहेको छ । उक्त गितको भिडियोलाइ कपिल कार्कीको निर्देसन र अर्जुन सिलवालको कोरियोग्राफी रहेका छन्। करिब एक दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेका राजदिप संगै आलिसा बास्तोलाले मोडलिङ गरेको उक्त भिडियोलाइ बालकुमार मगर ले छायाङ्कन गरेका छन्।

भक्तपुर जिल्लाको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त भिडियो ठिकठिक्कै रहेको देखिन्छ।साइराम पिक्चर्स युटुब च्यानल बाट सार्वजनिक भयको त्यस आधुनिक गीतलाइ कागेश्वोरी मनोहरा महोत्सवमा विभिन्न चर्चित कलाकारहरुको हातबाट बिमोचन गरिएको थियो भने पत्रकार तथा कार्यक्रम प्रस्तोता समीर लामाले उक्त बिमोचन कार्यक्रम संचालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend