logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गाईजात्रे झटारो लुटतन्त्र सार्वजनिक


  • जन आकाश
  • सोमबार, साउन २३ २०७९

 



काठमाडौ । र हास्य ब्यङ्गहरुको पर्व गाईजात्राको अवसर पारेर हास्य कलाकार घनश्याम गौतमले हास्य ब्यङ्ग गाईजात्रे झटारो लुटतन्त्र बजारमा ल्याएका छन् । लुटतन्त्रमा समसामायिक राजनितिक बिषय बस्तुलाई र नेताहरुको अकर्मण्यता माथी तिखो ब्यङ्ग प्रहार गरिएको छ डाँडाघरे साइली गितमा प्यारोडी बनाइएको छ गितमा कलाकार गौतमकै शब्द र स्वर रहेको छ भने कविता श्रेष्ठले गायनमा साथ दिएकी छिन् ।

कोचे यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको लुटतन्त्रमा कलाकारहरु, सुभाष गजुरेल, कमल मैनाली, दमन रुपाखेती, घनश्याम गौतम, सुरेश तिमल्सिना , प्रेम शर्मा पौडेले, सरिता राजोपाध्याय, गिता थापा, डम्बर घिमिरे, पशुपति दँगाल, बिष्णु रोक्का ,सबिता खड्का, सानू घायल, सुरेन्द्र क्षेत्री ,खगेन्द्र गुरागाई, मनकुमार बिस्वकर्मा र सुलभ श्रेष्ठ, राजु तिमल्सिना लगायत छन् ब्यवस्थापनमा सुरेन्द्र क्षेत्री प्रमुख ब्यवस्थापनमा सानू घायल, मेकअम सुमन सँकर छायङ्कन केशब अधिकारी खत्री निर्माता कोचे मल्टिमिडिया सह निर्माता अभियान साहित्य कलाकार समाज रहेको छ भने सँयोजक कोरियोग्राफर र सम्पादन प्रेम शर्मा पौडेलले गरेका छन् ।

लेखन परिकल्पना निर्देशन भने घनश्याम गौतम नक्कली प्रचण्डले गरेका छन् । एउटा प्यारोडी, एउटा लाईभ दोहोरी समाबेश गरिएको उक्त प्रस्तुतिमा भ्रष्टचार ,महँगी, बेथिति र भ्रष्ट नेता मन्त्रिहरुको भन्डाफोर गरिएको छ ।

उक्त गाईजात्रामा नेपालका नेताहरुले गरेका अनैतिक कार्यहरुको भण्डफोर गर्ने गरी गाइजात्रा निर्माण गरिएको कलाकार गौतमले जनआकाश साप्ताहिकसँग कुराकानीको क्रममा बताएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend