logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रहरका फूलहरु गीति एल्वम सार्वजनिक


  • जन आकाश
  • आइतबार, साउन २९ २०७९

काठमाडौं । गीतकार गणेश श्रेष्ठ ‘अपेक्षा’को गीतसंग्रग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन गरिएको छ । गीतकार संघ नेपालको आयोजनामा राजधानीमा शनिबार एक विशेष कार्यक्रमबीच दुवै कृति एकसाथ विमोचन गरिएको हो ।



गीतकार सङ्घका अध्यक्ष शुभ मुकारुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि डा. कृष्णहरि बराल, विश्व वल्लभ दीपक जंगम, बुलु मुकारुङ, प्रमोद ढुङगाना, रमेश पौडेल लगायतले कृतिहरूको विमोचन गरेका थिए ।

गीतिएल्वम ‘रहरका फूलहरू’मा दीपक जंगमको एकल संगीत रहेको छ ।
गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापाले स्वागत मन्त्वय राखेका थिए । कार्यक्रममा रमेश पौडेल, बुलु मुकारुङ, दीपक जंगमले शुभकामना मन्त्वय राखेका थिए । उनिहरुले स्रष्टा गणेशका कार्यको प्रशंसा गर्दै आउँदा दिनमा पनि यस्ता सिर्जनाले निरन्तरता पाउन भन्दै शुभकामना दिएका थिए । स्रष्टा श्रेष्ठले धन्यवाद ज्ञापनसहित आफ्ना कुरा राखेका थिए ।

कार्यक्रममा संगीतकर्मी, कलाकर्मी, पत्रकार तथा परिवारजन एवम् शुभचिन्तकज्यूहरूको बाक्लो उपस्थिति थियो ।

स्रष्टा श्रेष्ठको पहिलो गीतिएल्वम् ‘बाटो हिँड्दा’ र पहिलो गीतसंग्रह ‘मनको आकाश’–२०७७ सार्वजनिक भईसकेका छन् । गीतसंग्रह ‘मनको आकाश’ गीतकार संघ नेपालको वर्ष गीत पुस्तक पुरस्कार २०७७ बाट समेत पुरस्कृत भएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend