जन आकाश
काठमाडौ । पत्रकार मोहन कार्कीद्धारा रचना गरिएको आऊन साथी आऊ बोलको स्वदेश गान साउन ३१ गते काठमाडौको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा भव्य कार्यक्रम गरी कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधिमन्त्रीले गीतको लोकार्पण गरेका छन् ।
उक्त गीतको संगीत÷संयोजन रामकृष्ण थापाले गरेका छन् । गायक बिनोद दनुवारले गायकाछन् उनलाई साथ दिने गायकहरु रमेश पाठक, मनु दाहाल, उषा गजुरेल रहेका छन् ।
गीतको छायाङ्कन रामेछापमा पत्रकार रामचन्द्र विकले गरेका हुन् भने काठमाडौमा बिजय जिरेलले गरेका छन् ।
अभिनय गर्नेहरुमा बरिष्ठ कलाकारहरु सुवास गजुरेल (श्रीराम) , उत्तम केसी लगायत रहेका छन् भने नायक सित्तल केसी, नायिका सविता खड्का, चर्चित कलाकार लक्ष्मीनाथ तिमल्सिना, साथै कलाकारहरु श्रीराज कार्की, उद्धवलाल श्रेष्ठ, कल्पना कार्की, श्रुती कार्की, प्रतिक्षा राई, प्रतिषा तामाङ, सोनिका बुढामगर,गायत्री पाण्डे, बाल कलाकार आर्य शाही ठकुरी लगायत रहेका छन् ।
जन आकाश मिडियाको युटुव च्यानलमार्फत सार्वजानिक गरिएको गीतको भिडियोको सम्पादन प्रेम शर्मा पौडेलले गरेका छन् । नेपालको स्वदेश गानमा खेलकुद, देश–विदेश,गाउ–शहर, दुखःसुख हिमाल–पाहाड–तराई सवै क्षेत्रलाई समेटेर लेखिएको छ । उक्त गीतले नेपाली एकतालाई देशको विकासलाई जोड दिइएको छ ।
त्यसै अनुसारको भुगोलको वनावट सहितको भिडियो समेत संलग्न गरेर बजारमा ल्याइएको छ । राष्ट्रियस्तरको Ray टेलिभिजनवाट पत्यक्ष प्रशारण, बिभिन्न एफएमहरुवाट प्रत्यक्ष प्रशारण गरिएको कार्यत्रममा सोही अवसरमा बिभिन्न कलाकारहरुलाई सम्मान, कदर पत्र, मायाको चिनो समेत आमन्त्रित अतिथिहरुलाई प्रदान गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend