जन आकाश
काठमाडौ उपत्यकामा महिनौ देखि फोहोर डङगुर थुप्रिएका छन् । चोक चोकमा मानिसहरु नाक थुनेर हिड्न बाध्यछन् । असार र साउनमा पानी पर्ने मौसम भएको हुनाले फोहोरको गन्ध त्यति थिएन । भदौ लाग्ने वित्तिक्कै एक्कासी फोहोरको गन्ध बढेको छ । बाटोमा कामको लागि आवत जावत गर्ने मानिसहरु फोहोरको गन्धले वाकवाकी गर्दै कतिपयले बान्ता गरेका बसेका देखिन्छन् ।
यसरी जताततै फोहोरको गन्ध फैलन थालेपछि त्यस फोहोरवाट निस्कने गन्ध समाजमा जताततै फैलन थालेको छ । जसले मानिसको स्वास प्रस्वासमा सिधै जाने र विभिन्न खालका रोगहरु उत्पन्न हुन थालिसकेका छन् ।
जसको कारणले झाडापखला, हैजाको रुप लिदै माहामारी फैलने सम्भावना बढेर गएको छ । यस्ता समस्या आउन नदिन सवै क्षेत्रका सम्बन्धित निकाय त सचेत हुनुपर्छ नै त्यसैगरी आम नागरिक पनि सचेत भएर यस्ता आपतकालीन र परिस्थितिजन्य अवस्थालाई बुझेर प्रत्येक नागरिकले अपनाउनु पर्ने सावधानी अपनायर काम गरी समाजमा माहामारी फैलन दिनुहुदैन ।
के के उपाय अपनाउने त ?
काम वाहेक बाहिर ननिस्कने।
काममा जानैपर्नेहरुले माक्सको अनिवार्य प्रयोग गर्ने ।
खाना खानुभन्दा अगाडी सावनपानीले हात राम्रोसँग धुने ।
पानीलाई सकेसम्म उमालेर खाने ।
होटल व्यवसायी गर्ने व्यवसायीहरुको किचन सम्बन्धित निकायहरुले अनुगमन गर्ने र फोहोर रहेछ भने उनिहरुलाई सफा सुघर गर्न सिकाउने ।
भीडभाड हुने ठाउँहरुमा सकेसम्म बढी भीडभाड नगर्ने ।
नगरपालिकाहरुले फोहोरलाई राम्रोसँग व्यवस्थापन गर्न नसकुनजेल फोहोरलाई नागरिकहरुले नकुहिने पलाष्टिकजन्यलाई घरमा जम्मा गरेर राख्ने र बासी रहेका खानेकुरा नजिकै गाई बस्तुछन् भने गाईबस्तुलाई ख्वाउने र त्यो पनि छैनन भने नजिकैको बारीमा लगेर खाल्डो खनेर पुरिदिने गर्नुपर्छ ।
कतै झाडाबान्ता भएका मानिस देखिने वित्तिकै जो कसैले देखेमा तुरुन्तै नजिकैको अस्पतालमा लगेर उपचारमा सहयोग गर्ने जसले गर्दा अकालमा कसैको ज्यान जान पाउदैन । यो झाडा बान्ताको उपचार त्यतिधेरै ठुलो रोग होईन तर समयमा यसको रोकथाम गर्न सकेन भने महामारी निम्त्याउछ । भयावह पनि हुनसक्छ । यो झाडाबान्त कसैमा देखिने बित्तिक्कै नियन्त्रण गर्दा नियन्त्रण हुन्छ । समान्य नागरिकहरुले पैशा धेरै लाग्छ भन्ने सोच्नु हुदैन यसको उपचार समान्य खर्चले पुग्छ ।
सवै नागरिकहरुले परिस्थितिजन्य समाजमा आएको यस्ता समस्यासँग लड्न आ–आफ्नो क्षेत्रवाट भूमिका निर्वाह गर्नुपर्छ र माहामारी फैलन दिनुहुदैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend