जन आकाश
काठमाडौ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले २०७९ सालको दशैंलाई थप उत्साहजनक बनाउन “दशैँमा द–सही अफर”ल्याएको छ ।
योजना अन्तर्गत ग्राहकहरुले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टिभी, फ्रिज, वासिङ्ग मेसिन, ओभन, ल्यापटप वा मोबाइल मध्ये कुनै एक उपहार प्राप्त गर्न सक्नेछन् ।
आफूले खरिद गरेको गाडीको सेग्मेन्ट अनुसार विभिन्न उपहार छानेर लिन सकिने गरी कम्पनीले योजना सार्वजनिक गरेको छ । एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाईनान्स -AMC, Exchange, Replacement, Finance) जस्ता सुविधाहरु पनि रहेको सिप्रदीले सार्वजनिक नोटमा उल्लेख गरेको छ ।
सिप्रदी ट्रेडिङ्गको कमर्सियल भेहिकल बिजनेस यूनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणी ढकालका अनुसार, “हरेक वर्षझैँ यसपालीको आउदो दशैंलाई लक्षित गर्दै ग्राहकहरुको तर्फबाट अफर सम्बन्धि सकारात्मक प्रतिक्रिया आएका छन् र विशेष गरी ७० प्रतिशत सम्मको फाइनान्सले सबैको हौसला बढाएको उनले जनआकाश डटकमसँग कुरा गर्दै बताएका हुन् ।
कुन गाडीमा कुन अफर प्राप्त गर्न सकिन्छ, कहाँ कहाँ पाइन्छ आदि जस्ता विस्तृत जानकारीका लागि फेसबुक पेज “टाटा मोटर्स ट्रक्स एण्ड बसेस नेपाल” हेर्न सकिने र थप जानकारीका लागि ९८०११०७६०० मा मिसकल गर्न सकिने सुविधा रहेको उल्लेख गर्दै नम्बर सार्वजानिक गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend