logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मिलापले गरयो तीज सम्मान समारोह


  • जन आकाश
  • बुधबार, भाद्र ८ २०७९

 



काठमाडौ । मिलाप मार्षिकले तीज महोत्सव तथा सम्मान समारोह सम्पन्न गरेको छ । बुधबार काठमाडौंको रातोपुलमा एक विशेष समारोहबीच मिलाप तीज महोत्सव तथा सम्मान समारोह सम्पन्न भएको हो । ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्र्वद्धन गरौं’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको राइड पाटनरमा सहारा एपसँग मिलेर कार्यक्रम सम्पन्न गरेको मिलामका सम्पादक कृष्ण भुशालले जानकारी दिएका हुन् ।

मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पहिलो महिला छायाँकार तथा नेपाल टेलिभिजनकी बोर्ड सदस्य सवनम मुखिया प्रमुख अतिथि रहेकी थिइन । कला, साहित्य र गीत–संगीत क्षेत्रका प्रवुद्ध महिलाहरूको आथित्यता रहेको कार्यक्रममा सञ्चारकर्मी भूमि पौडेललाई नगदसहित सम्मान गरिएको थियो । गीता अधिकारीकी माता यमकुमारीको नाममा राखिएको ‘यमकुमारी पुरस्कार’ले नगदसहित मुखियालाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

यस्तै, सामारोहमा कलेजो दान गर्ने पहिलो महिला शान्ता पोख्रेल, साहित्यकार तथा अभियन्ता प्रतिमा राई, कल्पना थापा, अनु पराजुली, कोपिला चौधरी, मल्लिका कार्की, मञ्जु लावती थापा, अनु श्रेष्ठ, पुष्पा थपलिया, मञ्जु थापा, मुना अधिकारी, सुनिता भट्टराई, उर्मिला थपलिया लगायतलाई समाजमा उहाँहरूले पु¥याएको विशिष्ट योगदानको उच्च कदर गर्दै ‘मिलाप तीज सम्मान’ अर्पण गरिएको थियो ।

सञ्चारकर्मी दीप ज्योति थापाले सहजिकरण गरेको कार्यक्रममा गायिका तथा नायिका सारिका घिमिरेले स्वागत मन्तव्य राखेकी थिइन भने प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा तीजको अवसरमा भएको हुनाले केहीछिन नाचगान समेत गरेर नारीहरु रमाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend