logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सुसेली मञ्चले दर ख्वाउदा देखियो यस्तो !


  • जन आकाश
  • शनिबार, भाद्र ११ २०७९

 



काठमाडौ । राष्ट्रिय सुसेली मञ्च नेपाल अन्र्तगतको महिला बिभागले यही
मिति २०७९ ८ र ९ गते वालाजु स्थित युनिभर्सल टेलिभिजनको हलमा २०७९ को हरितालिका तीजको शुभकामना आदानप्रदान तथा महिला दिदीबहिनीको लागि दर ख्वाउने कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रम महिलाको भएपनि पुरुषहरु समेत सहभागी भएका थिए । तीज आफैमा नारीहरुको महत्वपूर्ण र खुशीयालीमा रमाउने चाड हो । त्यसमा नारीहरु जस्तै पुरुष पनि बन्न खोज्दा अस्वभाविक देखिन थालेको छ । त्यस्तै सञ्चारमाध्यमको प्रगणमा नै त्यस खालका दृष्यले थोरै असहजता देखिएको भएपनि तुलानात्मक रुपमा कार्यक्रम भव्य भएको थियो ।

उक्त कार्यक्रम महिला मञ्चकि संयोजक पुनम घिमिरेको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथि वेदज्ञाता अनुवादक तिलकप्रसाद लुईटेल, विशिष्ट अतिथि डा रेनुका सोलु, दुर्गा अधिकारी भमरकोटे, मुरली प्रसाद ढकाल, गायिका गीता भट्टराई, युनिभर्सल टेलिभिजनका हरि रिमाल, वद्री पौडेल, ईश्वर प्रसाद ढकाल, लगायत ७० जना कवि साहित्यकार दिदीबहिनीको उपस्थिति रहेको यो कार्यक्रम सुशिला ढकाल अधिकारीवाट संचालन भएको थियोे । सुसेली मञ्चका महासचिव तथा जनआकाश साप्ताहिकका स्तम्भकार दामोदर ढकाल दिपकको संयोजन गरेको कार्यक्रम लाई मञ्चका कोषाध्यक्ष कृष्ण केसीको स्वागत मन्तव्य बाट सुरु गरेका थिए ।

कार्यक्रममा म्युजिक भिडियो सुटिङ, सुसेली तीज गीत प्रतियोगिता, उपस्थित महिला तथा पुरुष कवि साहित्यकारहरूका सुसेली गायन र रचना वाचन सहित दर खाने कार्यक्रम भएको थियो ।

सुसेली मञ्च नेपालका वासुदेव गुरागाई, चन्द्रा न्यौपाने र राम प्रसाद अधिकारीको तीन सदस्यीय मुल्यांकन कमिटीले तीज विशेष सुसेली गायन प्रतियोगितामा विमला ढकाल समीक्षा प्रथम, सानू शर्मा द्वितीय र राधिका महत सानूले तृतीय स्थान हासिल गरेको निर्णय सुनाएका थिए । सुसेली मञ्च भित्रकै पदाधिकारीहरु प्रथम, द्धतीय, तृतीय हुनुलाई खासै प्रगति मानिदैन । यस्ता कार्यक्रममा मञ्चभन्दा बाहिरका साहित्यकारहरुलाई समेत सहभागिता गराएर गरिएको हुन्थ्यो भने प्रतिस्पर्धाको पनि प्रतिस्पर्धावाट आउने योग्य सुसेली साहित्यकारहरुको उदय हुन सक्थ्यो आयोजकहरुको यता ध्यान गएको देखिएको छैन । हुनत त्यस कार्यक्रममा २० जना प्रतियोगीले भाग लिएका थिए ।

प्रमुख अतिथि तिलकप्रसाद लुइँटेलले कार्यक्रम भव्य र सभ्य रहेको, हाम्रो मौलिक परंरागत संस्कृतिको जगेर्ना गर्न आयोजना गरिएको कार्यक्रमका समस्त आयोजक र सहयोगी प्रति धन्यवाद दिँदै आफूले नाच्न नजाने पनि अरूले गाएको र नाचेको हेर्ने अवसर मिलेकोमा खुसी व्यक्त गरेर तीजको वैदिक काल देखिको महत्त्व बारेमा चर्चा गरेका थिए ।

तीन बजे कार्यक्रम समापन गर्नु अघि सभापति पुनम घिमिरेले सम्बद्ध सबै सहयोगी लगायत कार्यक्रम संचालनार्थ स्थान प्रदान गर्नु हुने युनिभर्सल टेलिभिजन र साथ दिनु हुने सुसेली मन्च नेपाल प्रति हार्दिक आभार गरेकी थिइन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend