logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

घुम्ती कवि गोष्ठीको ११७ आौँ कविता वाचन समारोह फैकामा सम्पन्न


  • जन आकाश
  • शनिबार, भाद्र ११ २०७९

 



काठमाडौ । २०७९, भदौ १६ गतेका दिन यात्री पुस्तकालय कपन फैकामा घुम्ती कवि गोष्ठी सम्पन्न भएको छ । कार्यक्रमको सभापति कवि त्रिलोचन आचार्यको सभापतित्वमा कार्यक्रम भएको हो भने सुसेलीका प्रर्वतक दुर्गा अधिकारी भमरकोटेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका सभापति र प्रमुख अतिथिहरु व्यस्तताका कारण आफ्ना कविता बाचन गरेर तत्कालै हिडेपछि कार्यवाहक सभापति निवन्ध आचार्यले समापन गरेका थिए । भने प्रमुख अतिथिको कार्यवाहक त्यसै वडाका अध्यक्ष शम्भु प्रसाद भट्टराईले गरेका थिए ।

कविता बाचन गर्ने कविहरु
सुशील आचार्य
मिसन अधिकारी
ओमप्रसाद कोइराला
नारायण नेपाल
ओमकार नेपाल
किशोर श्रेष्ठ
कवि विकल
कवि परशुराम
विनोद दाहाल
रामकुमार पण्डित
रामचन्द्र दाहाल
विशु कु. केसी
त्रिलोचन आचार्य
दुर्गा अधिकारी भमरकोटे

कृष्ण प्रसाद बस्याल

माथि उल्लेखित व्यक्तित्वहरुले कविता, कसैले मुक्तक, कसैले गजल बाचन गरेका थिए ।

वडाध्यक्ष, शम्भुप्रसाद भट्टराईले आफ्नो भनाई राखेका थिए । उनले सवैको सल्लाह, सुझाव, सहयोग हुनुपर्छ प्रतिष्ठान, पुस्ताकालय, लगायत यस क्षेत्रमा विकास गर्न वजेट नै छुट्याईसकेको र सवैको सहयोग पाएमा काम गर्न सजिलो हुने बताएका थिए ।

जनआकाश साप्ताहिकका प्रधान सम्पादक मोहन कार्कीको   पनि उपस्थिति रहेको थियो ।

अन्तमा कार्यक्रमको समिक्षा वेद अनुवादक तिलक प्रसाद लुइटेलले गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend