जन आकाश
काठमाडौ । ” कला साहित्यमा निरन्तर बहस ” भन्ने उद्घोषका साथ अखिल नेपाल लेखक संघ , केन्द्रीय समितिको आयोजनामा बातलाबा कार्यक्रमको २१ औं शृङ्खला राजधानी स्थित पद्मोदय माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । ” वर्तमान अवस्थामा तीज ” विषयक बहस तथा नारी स्रष्टा विशेष कविता वाचन कार्यक्रममा वरिष्ठ साहित्यकार तथा प्रगतिशील लेखक संघ , नेपालकी केन्द्रीय कोषाध्यक्ष बाबा बस्नेतको अध्यक्षता कार्यक्रम भएको हो।
कार्यक्रममा साहित्यकार तथा समालोचक डा. कौशिला रिसालले ” वर्तमान अवस्थामा तीज ” विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन । उक्त कार्यपत्रको उपप्राध्यापक शारदादेवी लामिछानेले टिप्पणी गरेकी थिइन ।
सुधा मैनालीले सञ्चालन गरेको कार्यक्रममा महिला कविहरू गौरी देवकोटा , राधा दुलाल कार्की , प्रेमिला राई , पञ्चकुमारी परियार , चिरीमाया महर्जन , विन्दु अधिकारी ढकाल लगायतले आफ्ना कविता वाचन गरेका थिए।
अमला महर्जनले गीत प्रस्तुत गरेकी थिइन । वाचित कविताहरू माथि कवि तथा समालोचक डा. अम्बिका अर्यालले समीक्षा गरेकी थिइन।
कार्यक्रममा जनसांस्कृतिक महासंघ , नेपालका इञ्चार्ज तथा भाषाविद् डा. गोपाल ठाकुर , मार्क्सवादी चिन्तक तथा लेखक डी. पी. ढकाल , नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा. डा. गोपिन्द्र पौडेल , प्रा. डा. राजनप्रसाद पोखरेल , जनसांस्कृतिक महासंघ , नेपालका उपाध्यक्ष द्वय देवेन्द्र थुम्केली र केशव सिलवाल , अखिल नेपाल लेखक संघका अध्यक्ष डा. धनप्रसाद सुवेदी , उपाध्यक्ष तथा बातलाबा विभाग प्रमुख स्वप्निल स्मृति , सहप्राध्यापक तथा लेखक भिम रेग्मी , डा. बालकृष्ण अधिकारी , लेखक तथा उपप्राध्यापक जीवन जीवन्त , कवि प्रथा , अखिल नेपाल लेखक संघका केन्द्रीय सचिवालय सदस्य तथा वाग्मती प्रदेश अध्यक्ष अगिब बनेपाली , केन्द्रीय सदस्य सन्तोष सिम्खडा , डा. सूर्य अर्याल , नारायण शर्मा , कवि टहल दाहाल ( नवकिरण ) , कल्पना देवकोटा लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रम दिग्गज व्यत्तित्वहरुको उपस्थितिमा भएको भएपनी एउटै व्यत्तिले लामो समय लिदा दर्शक बनिरहेकाहरुलाइ पट्यारलाग्दो बनेको थियो । कार्यक्रमको अध्यक्षले सम्बोधन गर्नेबेलासम्म मानिसहरु उठेर हिडन थालिसकेका थिए । बाकी बसेकाहरु पनि हल्ला गर्दै गरेको देखिन्थ्यो त्यही अवस्थामा बाबा बस्नेत्ले कार्यक्रमलाई धन्यवाद दिदै समापन गरेकी थिइन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend